बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर : बेलायतको अनुभवबारे छलफल

बिहीबार, १७ माघ २०७५, १४ : ०८
बिहीबार, १७ माघ २०७५

काठमाडौं– प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले ‘संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर’ कार्यक्रमलाई प्रभावकारी बनाउने बताएका छन् । सभामुख महराले संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रमलाई प्रभावकारी बनाउन बेलायती संसदको अनुभव फलदायी हुने विश्वास पनि व्यक्त गरे ।

बेलायती संसदको अनुभव र नेपालको आफ्नै मौलिकता र विशेषतालाई समावेश गरेर सो कार्यक्रमलाई प्रभावकारी बनाउने सभामुख महराको योजना छ । बिहीबार संसदीय मामिला पत्रकार समाजले आयोजना गरेको ‘संसदमा प्रश्नोत्तर र प्रभावकारिता’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सभामुख महराले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई प्रभावकारी बनाउन संसदको नियमावलीनै परिमार्जन गरेर अघि बढने योजना पनि अघि सारे ।

कार्यक्रममा बेलायती संसद ‘हाउस अफ कमन्स’का पूर्व सचिव एलेष्टर डोहर्टीले बेलायती संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमको विधि र प्रक्रियाका विषयमा जानकारी गराएका थिए ।

त्यसक्रममा सांसदहरुले राखेका जिज्ञासाको जवाफ दिँदै उनले संसदमा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रमलाई प्रभावकारी बनाउन जनतासँग जोडिएका विषयमा केन्द्रित हुनुपर्ने सुझाव पनि दिएका थिए । संघीय संसदमा पहिलोपटक नेपालमा पनि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सुरु गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप