नेपाल सामु १ सय ५४ रनको लक्ष्य
काठमाडौँ । टी–२० शृङ्खला अन्तरगतको पहिलो खेलमा युनाइटेड अरब एमिरेट्स (युएई) ले नेपालसामु जीतका लागि १ सय ५४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
यूइईस्थित आइसिसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा टस जितेर नेपालले युएईलाई पहिलो ब्याटिङको निम्ता दिएको थियो । निर्धारित २० ओभरमा युएईले ६ विकेट गुमाउँदै १ सय ५३ रन बनायो ।
युएईका लागि सइमान अनवरले सर्वाधिक ५९ रन बनाए भने मोहमद उसमानले ३० रन बनाए ।
अनवरले विस्फोटक ब्याटिङ गर्दै ३८ बलमा ५ चौका र दुई छक्का हिर्काए ।
त्यस्तै, ओपनर चन्डाङ्गापोयिल रिजवानले २२ रनको योगदान दिए ।
नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिए भने ।
सोमपाल कामी र अविनास बोहराले १–१ विकेट लिए ।
युएईविरुद्धको खेलबाट नेपालका तीन खेलाडीले टी–२० अन्तर्राष्ट्रिय खेलमा ‘डेब्यु’ गरेका छन् । नेपालका सन्दीप जोरा, रोहित कुमार पौडेल र अविनाश बोहोराले डेब्यु गरेका हुन् ।
तीनवटा एक दिवसीय र तीनवटा टि–२० शृङ्खलाका लागि यूएई पुगेको नेपाली टोलीले एक दिवसीय शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ ।
नेपालले टि–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत दोस्रो खेल माघ १८ र अन्तिम खेल माघ २० गते खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण