जथाभावी लेखा परीक्षणको काम गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी
काठमाडौं– नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आईक्यान)ले जथाभावी लेखा परीक्षणको काम गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ । आईक्यानका कार्यकारी निर्देशक सञ्जयकुमार सिन्हाले जथाभावी लेखा परीक्षणको काम गर्नेमाथि कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालगञ्ज धनघडीलगायतका ठाउँमा गैरकानुनी ढंगले लेखा परीक्षणको काम गरिएको पाइएको उल्लेख गर्दै अनुगमनको काम सुरु गरिएको पनि जानकारी दिए ।
कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्ष जगन्नाथ उपाध्यायले लेखा परीक्षणको कामलाई विश्वसनीय बनाउन आफूहरु लागि परेको बताए । उनले सरकार र महालेखा परीक्षकको कार्यालयले पनि लेखा परीक्षणको कामलाई अझै पारदर्शी बनाउन पहल गर्नुपर्ने आवश्यक्ता पनि औंल्याए ।
आईक्यानले लेखा परीक्षणको कामलाई अझै पारदर्शी बनाउन सबै लेखा परीक्षकहरुलाई कोर्ड नम्बर वितरण गर्ने योजना पनि अघि सारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण