बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेकपाको काँग्रेसलाई प्रश्न: संसद बैठक किन अवरुद्ध पारेको हो ?

बिहीबार, १७ माघ २०७५, १७ : ५४
बिहीबार, १७ माघ २०७५

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बिहीबार किन प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको भनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसलाई प्रश्न गरेको छ ।  बिहीबारको प्रतिनिधिसभा बैठक अवरुद्ध गरेलगत्तै सत्तारुढ नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङले प्रतिनिधिसभा बैठक लगातार अवरुद्ध पार्नुको अन्तर्य स्पष्ट पार्न काँग्रेससँग माग गरेका हुन् ।

त्यस अवसरमा उनले सञ्चारकर्मीमाझ सरकारले काँग्रेसको माग अनुसार दुई वटा अस्पताल संघीय सरकार मातहत ल्याउने निर्णय गरिसक्दा पनि काँग्रेसले किन प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको हो (?) बुझन नसकिएको प्रतिक्रिया दिए । प्रमुख सचेतक गुरुङले संसद बैठकलाई विधिसम्मत ढंगले अघि बढाउने काममा अवरोध सृजना नगर्न पनि काँग्रेसलाई आग्रह गरे । संसद बैठक अवरुद्ध पारिरहे लोकतन्त्रनै गम्भीर संकटमा फस्ने प्रमुख सचेतक गुरुङको भनाई छ ।

प्रमुख सचेतक गुरुङले काँग्रेस सांसदहरुले संसदको नियमावली विपरित सभामुखमाथि आलोचना गरेर बोलेको भन्दै आपत्ति पनि जनाए । संसद नियमावलीमा सभामुखलाई आलोचना गरेर बोल्न नपाउने व्यवस्था गरिएपनि सो व्यवस्था विपरित काँग्रेस सांसदहरुले अभिव्यक्ति दिइरहेको प्रमुख सचेतक गुरुङको दावी छ ।

प्रतिनिधिसभाको बिहीबारको बैठक पनि राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जब्बरजस्ती ढंगले पारित गराएको भन्दै सत्ता पक्ष र सभामुख कृष्णबहादुर महराको आलोचना गर्दै प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले अवरुद्ध पारेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप