बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय

डा.केसीको अनशनबारे सरकारका प्रवक्ताको भनाई : पूर्व हेरेर पश्चिम हिर्काउने तरिका अब स्वीकार्य हुँदैन (भिडियो)

बिहीबार, १७ माघ २०७५, १८ : ०४
बिहीबार, १७ माघ २०७५

काठमाडौं– सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकुलप्रसाद बास्कोटाले डा.गोविन्द केसीको अनसनलाई सरकारले वेमतलब नगरेको बताएका छन् । बिहीबारको नियमित पत्रकार सम्मेलनमा बोल्दै सरकारका प्रवक्ता समेत रहेका बास्कोटाले डा.केसीको मागलाई संसदबाट बैज्ञानिक व्यवस्थित र सुनिश्चित गरिएको उल्लेख गरे । 

मन्त्री बास्कोटाले भने– ‘अनशनकारी भनेर जसलाई अहिले बहुप्रचारित गरिएको छ, यी अनशनकारीसित भएको सहमतिको एउटा मुख्य विषय थियो संसदमा त्यो कुरालाई सुनिश्चित गर्ने । म यहाँहरुलाई स्मरण गराउन चाहन्छु, मुख्य कुरा त्यो थियो हेर्नुहोला । त्यो विषय संसदमा गयो कि गएन ? संसदीय समितिमा बारम्बार छलफल भयो कि भएन ? अनशनकारीको हैसियत जे सुकै भएपनि उहाँलाई सरकारले रेकोजनाइज गर्यो कि गरेन ?’ 

मन्त्री बास्कोटाले संसदीय समितिमा केसीलाई आफ्ना विचार राख्नका लागि पटक–पटक अनुरोध गर्दा पनि उनले अस्वीकार गर्नु गम्भीर विषय भएको उल्लेख गरे ।   उनले सरकारको तर्फबाट उनीसँग जे सहमति भएको थियो त्यही विषय चिकित्सा शिक्षा विधेयकमा समावेश गरेको बताए । 

मन्त्री बास्कोटाले संसदको दुबै सदनबाट बिधेयक पारित भइसकेकोले अनशनको औचित्य समाप्त भइसकेको उल्लेख गरे ।  उनले भने– ‘म दावासाथ भन्छु, १६ पटक अनसन बस्दा उहाँसँग वार्ता गर्ने, इनिशियन लिने कसले गरेको थियो । केपी ओली बाहेक कसले गर्नुभएको थियो ? यहाँहरुसँग रेकर्ड होला । अब पूर्व हेरेर पश्चिम हिर्काउने तरिका स्वीकार्य हुदैन ।’ 

उनले केही मान्छेको हठले संसदीय प्रक्रियालाई बन्धक बनाउने कुरा उपयुक्त नहुँने बताउँदै सरकारलाई बारम्बार अधिनायकवादी भन्ने, दुई तिहाइको दम्भ भन्ने कुरापनि उचित नभएको बताए । उनले भने– ‘यो कुण्ठा हुनसक्छ, तर्क हुन सक्दैन । यसमा सरकारप्रति बारम्बार औंला ठड्याइरहन आवश्यक छैन ।’ 

मन्त्री बास्कोटाले जसले डाक्टर केसीलाई बोकिरहेका छन्, बस्ने ठाँउको ठेगान नभई जहाज उढाइरहेका छन्, त्यो जहाज उनीहरुले नै अवतरण गराउनुपर्ने उल्लेख गरे । उनले भने–‘माग पूरा भयो कि भएन भनेर पछाडि फर्केर नहेर्ने तर आरोपित गरिरहने संसदीय मर्यादा विपरितको कुरा हो ।’

उनले यो विषयलाई बारम्बार उठाइरहने हो भने ग्रीक कथाको पात्र सिसिफसको जीवन जस्तै हुने तर्क गरे । 

हेर्नुहोस भिडियो :

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप