टी–२० शृङ्खला : नेपाल युएइसँग २१ रनले पराजित
काठमाडौँ– टी–२० शृङ्खला अन्तरगतको पहिलो खेलमा युनाइटेड अरब एमिरेट्स (युएई) सँग नेपाल २१ पराजित भएको छ । युएइले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रन समेटियो ।
नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । उनी ५३ रनमा अविजित रहे । नेपालको लागि सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन बनाए । अन्य खेलाडीले भने उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ओपनर प्रदिप ऐरी शून्य रनमा आउट भए । युएई २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५३ रन बनायो ।
युएईका लागि सइमान अनवरले सर्वाधिक ५९ रन बनाए भने मोहमद उसमानले ३० रन बनाए । अनवरले विस्फोटक ब्याटिङ गर्दै ३० बलमा ५ चौका र दुई छक्का हिर्काए । त्यस्तै, ओपनर चन्डाङ्गापोयिल रिजवानले २२ रनको योगदान दिए ।
नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले २–२ विकेट लिए भने । सोमपाल कामी र अविनास बोहराले १–१ विकेट लिए । तीनवटा एक दिवसीय र तीनवटा टि–२० शृङ्खलाका लागि यूएई पुगेको नेपाली टोलीले एक दिवसीय शृङ्खला आफ्नो पक्षमा पारिसकेको छ ।
नेपालले टि–२० अन्तर्राष्ट्रिय शृङ्खलाअन्तर्गत दोस्रो खेल माघ १८ र अन्तिम खेल माघ २० गते खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण