मोटरसाइकल दुर्घटनामा दुई युवकको मृत्यु
शुक्रबार, १८ माघ २०७५, ११ : ५९
सिरहा–चोहर्वा सहायक सडकखण्डकोे पदमपुरमा जेसीभीले मोटरसाइकललाई ठक्कर दिँदा दुई युवकको घटनास्थलमै मृत्यु भएको छ ।
अनटेष्ट जेसीभीले स.५ प ८७४८ नम्बरको मोटरसाईकलालाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा नगरपालिका ११ निवासी ३५ वर्षीय बिरेन्द्र पण्डित र सोही ठाउँका २८ वर्षीय दोरिक सदाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता माधबराज खरेलले जानकारी दिए ।
जेसीभी र विपरित दिशाबाट आएको मोटरसाइकल एकआपसमा ठोकिएको प्रहरीले जनाएको छ ।
जेसीभीका चालक फरार रहेको र चालकको खोजी भइरहेको प्रवक्ता खरेलले जानकारी दिएका छन् ।
मृतक दुवैको शब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिरहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण