लाओसका उपराष्ट्रपतिसँग नेकपा प्रतिनिधिमण्डलको भेटवार्ता
वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा लाओस भ्रमणमा रहेका नेपाल कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलले लाओसको सत्तारुढ कम्युनिस्ट पार्टी– लाओ पिपुल्स रिभ्युलसनरी पार्टीका पोलिट्ब्युरो सदस्य तथा उपराष्ट्रपति फांखाम भिफाभान्हसँग शुक्रबार राजधानी भेन्टाइनस्थित पार्टी कार्यालयमा भेट गरेको छ ।
भेटका अवसरमा उपराष्ट्रपति भिफान्हले लाओस र नेपालबीच धेरै विषयमा समानता रहेको उल्लेख गर्दै भूपरिवेष्ठित देश भएकाले एक अर्काका समस्या र चाहनाहरु दुबै देशले बुझेकाले आपसमा साझेदारी गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।
कम्युनिस्ट पार्टीको नेतृत्वमा लाओसले हासिल गरिरहेको समृद्धि र तीब्र आर्थिक विकासका बारेमा चर्चा गर्दै उनले उन्नत प्रविधि र पुँजीको प्रयोगबाट जनसहभागितामुलक विकासको मोडल आफ्नो जस्ता मुलुकका लागि प्रभावकारी रहेको जानकारी दिए ।
‘हामीसँग जे छ, त्यसको प्रयोग गर्ने हो । हामी जलस्रोतमा अघि छौँ, त्यसमा विदेश लगानी ज्यादै आइरहेको छ । हामीले पनि आफ्नो आवश्यकता हेरेर त्यसलाई प्रश्रय दिइरहेका छौँ । छिमेकी र अरु ठूला मुलुकहरुले हाम्रो जलविद्युतमा लगानी गरिरहेका छन्’ भेटमा भिफान्हाले भने ।
नेपालमा दुई ठूला कम्युनिस्ट पार्टीबीच एकता भएको खबरले आफूहरुलाई समेत उत्साहित बनाएको उल्लेख गर्दै उनले नेपाली जनताको जीवनस्तर उकास्न नेपाल कम्युनिस्ट पार्टीको सरकार सक्षम हुने विश्वास व्यक्त गरे ।
पूर्व प्रधानमन्त्री नेपालले ‘सुखी नेपाली समृद्ध नेपाल’को नाराका साथ आफ्नो पार्टीले नेपालमा शासन सुरु गरेको एक वर्ष भएको, यस अवधिमा जनतामा आत्मविश्वास जागेको, विकासले सही दिशा पक्रिएको र आधार तयार भइसकेकाले अब परिणाम दिने गरी काम भइरहेको चर्चा गर्दै ठूला विकास परियोजनाका लािग लाओसको अनुभव आफूहरुलाई उपयोगी हुने विश्वास व्यक्त गरे ।
उनले भने, ‘हामी दुबै अति कम विकसित मुलुक हौँ, भूपरिवेष्ठित छौँ । हामीसँग पुँजी र प्रविधि कम छ । यस्तो अवस्थामा तपाईंहरुले अपनाएको विकासको मोडल हाम्रा लागि उपोगी हुन सक्छ ।’ पछिल्ला दिनमा लाओसले हासिल गरेको तीब्र आर्थिक बृद्धिका लागि नेता नेपालले पार्टी नेतृत्वलाई बधाई दिएका थिए ।
उक्त अवसरमा दुई कम्युनिस्ट पार्टीले विगतदेखि नै विभिन्न अन्तर्राष्टिय मञ्चहरुमा गर्दै आएको सहकार्यको स्मरण गर्दै बरिष्ठ नेता नेपालले २१ वर्षअघि आफू आउँदाभन्दा अहिलेको लाओसमा धेरै परिवर्तन पाएको उल्लेख गरेका थिए ।
यसैगरी, लाओस कम्युनिस्ट पार्टीको मुख्यालयमा बिहीबार नेपाली प्रतिनिधिमण्डल र लाओ पिपुल्स रिभ्युलसनरी पार्टीको प्रतिनिधिमण्डलबीच हिजो पार्टीगत वार्ता भएको थियो । लाओसको पार्टीका केन्द्रीय सचिवालय सदस्य तथा प्रशिक्षण र प्रचार विभाग प्रमुख किकेओ खाइखामफिथोम, विदेश विभाग प्रमुख सुन्थोन सायाचाक, उपप्रमुख सिम्फोन सिचालेनलगायत सहभागी वार्तामा दुई देशका पार्टीबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने र अन्तर्राष्ट्रिय मञ्चहरुमा मिलेर काम गर्ने समझदारी भएको थियो ।
बरिष्ठ नेता नेपालको नेतृत्वमा विहीबार लाओस पुगेको टोलीमा नेकपाका स्थायी समिति सदस्यद्वय लीलामणि पोखरेल र छविलाल विश्वकर्मा, केन्द्रीय कमिटी सदस्यत्र विष्णु रिजाल, जयन्ती राई र विना श्रेष्ठ तथा पुष्पलाल स्मृति प्रतिष्ठानका सदस्य अलि अख्तर मिकरानी हुनुहुन्छ ।
प्रतिधिनिण्डल माघ २२ गते स्वदेश फर्किने कार्यक्रम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण