रसुवागढी नाका जोड्ने सडक स्तराेन्नती गरिने
काठमाडाैं - रसुवा - रसुवागढी नाका जोड्ने स्याफ्रुबेंसी–रसुवागढी सडकको स्तरोन्नति गरिने भएको छ । चीन सरकारको सहयोगमा सडकको स्तरोन्नति गर्न लागिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ । सडक सीमाभित्र रहेका घर टहरा हटाउने, विद्युत्का पोल सार्ने लगायतका काम भइरहेको छ ।
यो काम सकिएपछि वैशाख तेस्रो साताबाट स्तरोन्नति सुरु गरिने योजना प्रमुख सुबोधकुमार देवकोटाले बताए । ‘यो सडक चीन सरकारको सहयोगमा चिनियाँ टोलीले नै स्तरोन्नति गर्नेछ’, उनले भने, ‘हामीले यसमा समन्वय मात्रै गर्र्छौं ।’ यो सडक खण्डको दूरी १६ किलोमिटर छ । सडक साँघुरो तथा जटिल भएकाले स्तरोन्नतिको काम गर्न लागिएको हो । जटिल भौगोलिक संरचना भएकाले यो सडक स्तरोन्नति गर्न चीनले तीन वर्षको समय मागेको छ । चीनले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सडक विभागले स्वीकृत गरिसकेको छ ।
सोही सडकको मैलुङ–स्याफ्रु खण्डको स्तरोन्नति भने सुस्त भएको छ । गएको पुसबाट स्तरोन्नतिको काम सुरु भएको भए पनि कामले गति लिन सकेको छैन । यो सडकको सात महिनाअघि ट्र्याक खोलिएको थियो । ‘सडकमा ठूलाठूला ढुङ्गा खसेका कारण ब्लास्टिङ गरिरहेका छौं’, देवकोटाले भने, ‘धेरै ठाउँमा ब्लास्टिङ गर्नुपर्दा ढिलाइ भएको छ ।’ सडक स्तरोन्नतिको काम जारी रहेकाले कहिलेसम्ममा सडक सञ्चालन हुन्छ भन्न नसकिने उनको भनाइ छ । गल्छीदेखि रसुवागढीसम्म तीन चरणमा काम हुँदै छ । याे समाचार नागरिक दैनिकमा हिमनाथ देवकाेटाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितवनमा विद्युत् आपूर्ति अनियन्त्रित हुँदा सेवा प्रभावित
-
पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
-
१० बजे १० समाचार : अभिषेकले चलाएको यमराजको शासन, रास्वपा पदाधिकारीमा क–कसको चर्चा ?
-
खेलको सातौँ मिनेटमै इंग्ल्याण्डविरुद्ध कङ्गोको गोल
-
विश्वकप : इंग्ल्याण्ड र कङ्गोबिचको खेल सुरु
-
पेट्रोलियम पदार्थको बिक्री सामान्य अवस्थामा फर्कियो, १४ पेट्रोल पम्पको ताला खोलियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण