तैमुरकी ‘लापरवाह आमा’ भन्दा भड्किइन् करिना कपुर, देखाइन् यो औंला
बलिउड सुपरस्टार सैफ अली खान र करिना कपुरका छोरा तैमुर अली खान भारतका सबैभन्दा चर्चित ‘स्टारकिड’ हुन् । तैमुरको लोकप्रियताका लागि सैफ र करिना दुबैलाई अन्तरवार्तामा पनि प्रश्न सोधिन्छ । हरेक दिन तैमुरको नयाँ तस्बिर सोसल मिडियामा चर्चाको विषय बन्छ । तैमुरकै कारण सैफ र करिना ट्रोल पनि हुने गर्छन् । यसको शिकार हालै करिना कपुर भएकी छिन् ।
कट्रिनाले केही दिनअघि एक टक शोमा आफूलाई लापरवाह आमा बताउने ट्रोलर्सलाई कडा जवाफ दिएकी छिन् । यसबारे कुरा गर्दै करिना भन्छिन्, ‘केही समयअघि मलाई एउटा फोटोका लागि ट्रोल गरियो । यो फोटोमा म एउटा प्राइभेट जेटको अगाडि उभिएकी छु । ट्रोलर्सले म एक केयरलेस आमा हुँ भनिदिए । मैले छोराका लागि एक सहयोगी राखेकोमा पनि उनीहरुको आपत्ति थियो ।’
त्यसपछि उनले रिसाउँदै भनिन्, ‘तपाईंहरुलाई मेरो विवाहबारे केही थाहा छैन । यस्तो भन्ने व्यक्तिहरुले यो बुझ्नुहोस् कि तपाईंलाई मैले त्यो औंला देखाइरहेकी छु जुन मेरो दिमागमा अहिले चित्रित छ ।’
साथै, करिनाले तैमुरबारे पनि कुराकानी गरेकी छिन् । उनले भनेकी छिन्, ‘सैफ कहिले पनि तैमुरलाई एक्लो छोड्दैनन् । उनी तैमुरका लागि निकै केयरिङ छन् । मैले उनलाई धक्का दिनुपर्छ । एकपटक सैफ सुटका लागि देश बाहिर जानु थियो, उनले तैमुरलाई छोड्न नसक्ने बताउँदै सुटिङ क्यान्सल गरिदिने बताए । तर मैले उनलाई जानैपर्छ भनेर जिद्दी गरेँ ।’
करिनाले तैमुरको पहिरनबारे पनि कुराकानी गरेकी छिन् । आफूले कहिले पनि तैमुरलाई अत्यधिक महँगा ब्रान्डका लुगा नलगाइदिएको उनले बताइन् । उनले भनिन्, ‘म तैमुरका लागि आफैं सपिङ गर्छु । मैले कहिले पनि उसको लागि गुचीजस्ता ब्रान्डको कपडा लगाइदिएकी छैन । तैमुर अहिले निकै सानो छ । उसको लागि महँगो कपडाको साटो साधारण कपडा नै लगाइदिने गरेकी छु । तैमुरका लागि एडिडासजस्ता ब्रान्डको कपडा किन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलको सर्वोच्च अदालतले बोल्सोनारोका छोरालाई ९० दिन बुवासँग भेट्न रोक लगायो
-
राज्यसत्ता बिचौलिया र ‘नेपोकिड’ को कब्जामा जान लागेको भन्दै सांसद पुनद्वारा चिन्ता व्यक्त
-
अदालतमा विचाराधीन विषयमा पर्याप्त अध्ययनबिना अभिव्यक्ति दिनु गैरजिम्मेवारपूर्ण : खुश्बु ओली
-
पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल
-
राहदानी छपाइमा भ्रष्टाचारको आशंका : फाइल मगाएर छानबिन गर्न सांसदहरूको माग
-
त्रिविका आंगिक क्याम्पसहरूमा अब कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण छात्रवृत्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण