के यो अफेयरका कारण बर्बाद भएको थियो उर्मिलाको करियर ?
बलिउडकी रंगीला गर्ल अर्थात् उर्मिला मातोन्डकर आज आफ्नो ४५ औं जन्मदिन मनाइरहेकी छिन् । उर्मिला अहिले फिल्मकी क्षेत्रबाट टाढै छिन् तर ९० र सुरुवाती २० को दशकमा उनी शीर्ष स्थानमा थिइन् । सन् १९८३ मा फिल्म ‘मासूम’ बाट बाल कलाकारको भूमिकामा उर्मिलाले बलिउडमा पाइला टेकेकी थिइन् । उनलाई सन् १९९२ मा फिल्म ‘चमत्कार’ मा मुख्य भूमिकामा देखिएको थियो । उर्मिलाले थुप्रै फिल्ममा अभिनय गरिन् तर उनलाई रामगोपाल वर्माको फिल्म ‘रंगीला’ ले सुपरहिट नायिका बनायो ।
सन् १९९५ मा रिलिज भएको रंगीलाका लागि उर्मिलाले उत्कृष्ट नायिकाको फिल्म फेयर अवार्ड पनि पाएकी थिइन् । त्यसपछि उनले सत्या, पिन्जर, जुदाई र कौनजस्ता शानदार फिल्ममा अभिनय गरिन् । सन् २०१४ मा उनको अन्तिम फिल्म अजूबा रिलिज भयो । गत वर्ष उर्मिला इरफान खानको फिल्म ब्ल्याकमेलमा एक आइटम गीतमार्फत फिर्ता भइन् । तर, यो गीतले खासै केही कमाल भने गर्न सकेन ।
नीजि जीवनबारे कुरा गर्ने हो भने राम गोपाल वर्मासँग उनको सम्बन्ध निकै चर्चामा रह्यो । यद्यपी, दुबैले आफ्नो अफेयरबारे कहिले कुरा गरेनन् । उर्मिलालाई करियरको शीर्ष स्थानमा पुर्याउन राम गोपाल वर्माले नै सहयोग गरेको बताइन्छ र उनकै कारण उर्मिलाको करियर बर्बाद भएको पनि विभिन्न भारतीय मिडियाले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण