अभिषेक बच्चनलाई मनपर्छ सलमान खान–ऐश्वर्याको जोडी, पटक–पटक हेर्छन् ‘हम दिल दे चुके सनम’
बलिउड अभिनेता अभिषेक बच्चन फेब्रुअरी ५ मा आफ्नो ४३ औं जन्मदिन मनाइरहेकी छिन् । अभिषेकले सन् २००७ मा ऐश्वर्या रायसँग विवाह गरेका थिए । उनीहरु विवाहको १२ वर्षपछि पनि निकै खुसी देखिन्छन् ।
अभिषेककी श्रीमती ऐश्वर्या र सलमान खानको सम्बन्ध निकै चर्चामा थियो । यद्यपी, अभिषेक र सलमानबीचको सम्बन्धमा तित्तता छैन । यतिमात्रै होइन, अभिषेकलाई ऐश्वर्या र सलमानको अनस्क्रिन जोडी निकै मनपर्छ ।
फिल्म मनमर्जियाको प्रोमोशनको क्रममा अभिषेकले उनलाई सलमान र ऐश्वर्याको फिल्म हम दिल दे चुके सनम निकै मनपरेको बताएका थिए । उनले उक्त फिल्म धेरै पटक हेरेको बताएका थिए ।
यस्तै, सलमान खानले भारतीय टेलिभिजन शो आपकी अदालतमा अभिषेक बच्चनसँगको सम्बन्धबारे कुराकानी गरेका थिए ।
वास्तवमा, कार्यक्रमका प्रस्तोताले उनलाई विवेक ओबरोयसागको सम्बन्धबारे प्रश्न सोधिरहेका थिए । यतिबेला कार्यक्रमका प्रस्तोताले ‘अभिषेक बच्चनसँग समस्या छ ?’ भनेर सोधे । यसमा सलमानले भनेका थिए, ‘मलाई अभिषेक बच्चनसँग, कसैसँग पनि केही समस्या छैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण