दुई राप्रपाबीचको एकताको विद्यार्थी संगठनद्वारा स्वागत
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) आवद्ध विद्यार्थी संगठनले भर्खरै सम्पन्न पार्टी एकताको स्वागत गरेको छ ।
“समयको माग, आम कार्यकर्ता र सुभेच्छुकहरुको चाहना बमोजिम सम्पन्न दुई राप्रपा बीचको एकताले देशव्यापी सकारात्मक तरंग ल्याएको छ । विद्यार्थी संगठन दुई राप्रपाबीच सम्पन्न एकताको स्वागत र समर्थन गर्दछ,” राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन ९संयुक्त० का अध्यक्ष धनशुर शाहीले बताए ।
मंगलबार काठमाडौंमा सम्पन्न विद्यार्थी संगठनको वैठकले, मूलधार राप्रपाको रुपमा राप्रपा (संयुक्त) ले राष्ट्रवादी एकतालाई बृहत बनाउदै लैजानु पर्ने ठहर समेत गरेको छ ।
राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीबीच सम्पन्न एकता एक कार्यक्रमबीच माघ १८ काठमाडौंमा घोषणा गरिएको थियो ।
घोषणा सभामा आह्वान भए बमोजिम भूतपूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, कमल थापाको नेतृत्वमा राप्रपा र समान विचारधारा भएका अन्य राष्ट्रवादी दल, समूह र व्यक्तिहरुलाई समेत एकता प्रक्रियामा समाहित गर्दै लैजानु पर्ने विद्यार्थी संगठनको निष्कर्ष छ ।
विद्यार्थी संगठनका प्रवक्ता एन्टीसंघर्ष राईका अनुसार, फराकिलो एकतालाई मूर्त रुप दिन राप्रपा संयुक्त नेतृत्वलाई विद्यार्थी संगठनले अनुरोध समेत गरेको छ ।
राप्रपा संयुक्तले अबका दिनमा युवा विद्यार्थीका सरोकारलाई महत्वका साथ समावेश गर्नेछ भन्ने अपेक्षा विद्यार्थी नेताहरुको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण