जोधा अकबरका नायक बद्र उल हसनको निधन
हास्यकलाकार सैयद बद्र उल हसन खान बहादुरको मंगलबार निधन भएको छ । उनी लखनउमा बस्थे । फिल्म इन्डष्ट्रिमा उनलाई पप्पु पोलिस्टरको नामले चिनिन्थ्यो । सन् २००८ मा रिलिज भएको ऋतिक रोशनको सुपरहिट फिल्म जोधा अकबरमा उनले मुल्ला दो प्याजाको भूमिका निभाएका थिए ।
पाइसकेका छन् बेस्ट सपोर्टिङ एक्टरको नेशनल अवार्डः
सैयद बद्र उलले सन् १९९० मा रिलिज भएको टिभी सिरियल द स्वार्ड अफ टीपू सुल्तानमा मैसुर महाराजाको भूमिका निभाएका थिए । यसै पात्रले उनलाई पहिचान दिलाएको थियो । यही भूमिकाका लागि उनलाई बेस्ट सपोर्टिङ एक्टरको राष्ट्रिय अवार्ड पनि दिइएको थियो । उनी निकै राम्रा क्लासिकल डान्सर पनि थिए । बिरजू महाराजले उनलाई बेस्ट क्लासिकल डान्सरको अवार्डबाट सम्मानित गरेको थियो ।
फिल्मी क्षेत्रमा २५ वर्ष बढीः
उनले लगभग २५ वर्षसम्म फिल्म, टिभी सिरियल, विज्ञापन र थिएटरमा काम गरेका छन् । जोधा अकबरबाहेक उनले फिर भी दिल हे हिन्दुस्तानी, मन, खोया खोया चान्द, धुंधः द फग, इत्तेफाक, फरिश्ते, फूल र अंगारे, तेरे मेरे सपने, बादल, तुमसे अच्छा कौन हे, आप मुझे अच्छे लगने लगेजस्ता सुपरहिट फिल्ममा काम गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण