न्यूयोर्कमा भव्यरुपमा सोनाम ल्होसार मनाइयो
न्युयोर्क । तामाङ समाज अमेरिकाले २८५५ औँ सोनाम ल्होसार भव्य रुपमा मनाएको छ । नेपाली महाबाणिज्यदुतवासका वाणिज्यदूत कृष्ण कुमार सुबेदीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा न्युयोर्कका काउन्सिलमेन कोस्टा कोन्सटान्टिनिडिज विशेष अतिथिका रुपमा सहभागि रहेका थिए ।
प्रमुख अतिथि सुवेदीले छोटो समयमा तामाङ समाज अमेरिकाले धेरै रचनात्मक सामाजिक कार्यहरु सम्पन्न गरेर नेपाली डायस्पोरामा प्रमुख भूमिका निर्वाह गरेकोमा मुक्त कण्ठले प्रशंसा गरे ।
तामाङ समाज अमेरिकाका सल्लाहकार भोजराज थोकरले तामाङ समाजले कर्मभुमिमा आफ्नो पहिचानलाई स्थापित गर्दै आफ्नो मौलिकतालाई निरन्तरता दिएकोमा प्रशंसा गरे ।
कार्यक्रममा तामाङ समाज अमेरिकाका अध्यक्ष सानुमाया तामाङले जन्मभुमि र कर्मभुमि दुवै ठाउँमा तामाङ समाज अमेरिकाले महत्वपूर्ण सहयोगहरु गरिरहने बताइन् । मौलिक परम्परा अनुसार लामा गुरुहरुबाट पूजाआज गरेर प्रारम्भ भएको कार्यक्रममा साँझ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो ।
महासचिव बुद्दीमान तामाङले संचालन गरेको कार्यक्रममा वरिष्ठ उपाध्यक्ष ब्रजेश लामा लगायत ४५० जनाको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण