२१ वर्षे टिभी अभिनेत्री नागा झाँसीद्वारा आत्महत्या
बुधबार, २३ माघ २०७५, १३ : ००
तेलुगु टिभी अभिनेत्री नागा झाँसीले बुधबार हैदराबादस्थित आफ्नो घरमा आत्महत्या गरेकी छिन् । २१ वर्षकी नागा झाँसीको शव श्रीनगर कोलोनीस्थित आफ्नो फ्ल्याटमा झुण्डिएको अवस्थामा भेटिएको हो ।
उनले घरमा कोही पनि नभएको मौका पारेर आत्महत्या गरेको बताइएको छ । उनका भाइ दुर्गाप्रसादले ढोका ढक्ढकाउँदा भित्रबाट कसैले पनि केही प्रतिक्रिया नदिएपछि डराएका उनले छिमेकीलाई बोलाएर ढोका फोडेको बताइएको छ । भित्र छिर्नेबित्तिकै उनको शव पङ्खामा झुण्डिएको अवस्थामा भेटिएको भारतीय संचारमाध्यम टाइम्स नाउले बताएको छ ।
पुलिसले झाँसीको मोबाइलको अनुसन्धान सुरु गरेको र पुलिसले कल डिटेल र च्याट रेकर्डको पनि अनुसन्धान थालेको जानकारी दिएको छ ।
आन्ध्र प्रदेशमा बस्ने झाँसीले ‘पवित्र बन्धन’ बाहेक विभिन्न टेलिभिजन श्रृङ्खलामा काम गरी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण