आफ्ना सिर्जना आजै पठाउनुस् है !
प्यारा प्यारा भाइ बहिनीहरु,
तपाईंहरुलाई www.ratopati.com मा हार्दिक स्वागत छ ।
रातोपाटी सबैको र सबैभन्दा राम्रो सम्पूर्ण न्युज पोर्टल हो । त्यसैले यो मुलुकका भविष्यका कर्णधार तपाईं भाइ बहिनीहरुको पनि हो ।
यसमा भाइ बहिनीहरुका लागि नै भनेर बालसंसार खण्ड नै छ । यो पेजमा तपाईंहरुले पढ्न पर्ने ज्ञानवर्धक राम्रा राम्रा कुराहरु हुन्छन् । यहाँ तपाईंहरुकै समाचार हुन्छ । कथा, नाटक, निबन्ध हुन्छ । नीति कथा हुन्छ, कविता हुन्छ । असल मान्छेको जीवनी हुन्छ । सामान्य ज्ञान हुन्छ र अनौठा कुराहरुको जानकारी पनि हुन्छ ।
त्यति मात्र पनि होइन, यहाँ प्रतिभाशाली भाइ बहिनीको सिर्जनासमेत छापिन्छ । रातोपाटीलाई थाहा छ, तपाईं पनि प्रतिभाशाली हुनुहुन्छ । तर, तपाईं के कुरामा प्रतिभाशाली हुनुहुन्छ भन्ने चाहिँ तपाईंले आफ्नो सिर्जना पठाउनु भएपछि मात्र हामीलाई थाहा हुनेछ ।
तपाईंलाई चित्र बनाउन आउँछ ? कि कथा अथवा कविता लेख्न आउँछ ? कि कतै घुम्न गएको अनुभव लेख्न मन लाग्छ तपाईंलाई ?
तपाईंलाई जेमा रुची छ अथवा जे गर्न आउँछ, त्यो सिर्जना गरेर पठाउनुस्, रातोपाटीमा छापिन्छ ।
प्यारा प्यारा भाइ बहिनीहरु,
सबैभन्दा राम्रो सम्पूर्ण न्युज पोर्टल रातोपाटी सबैको हो, त्यसैले तपाईंको पनि हो । तपाईंको आफ्नै न्युज पोर्टल www.ratopati.comमा आफ्ना सिर्जना आजै पठाउनुस् है !
आफ्ना सिर्जनासँगै तपाईंको नाम, ठेगाना अनि तस्बिर पनि नबिर्सी पठाउनुस् । तपाईंलाई त्यसरी पठाउन आउँदैन भने आफ्ना अभिभावक वा शिक्षकको सहयोग लिनुस् है !
( आफ्ना सन्तान, भाइ बहिनी एवम् विद्यार्थीका सिर्जना पठाउन सघाई दिनुहुन आदरणीय अभिभावक एवम् शिक्षकज्यूहरुमा हार्दिक अनुरोध छ ।)
सिर्जना पठाउनको लागिः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण