सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जब कट्रिनाको लिक भएको बिकिनी तस्बिरमा आयो सलमानको यस्तो जवाफ

शुक्रबार, २५ माघ २०७५, ११ : ४५
शुक्रबार, २५ माघ २०७५

रणबीर कपुर आजकाल आलिया भट्टलाई डेट गरिरहेका छन् तर एक समय यस्तो थियो जब रणबीरले कट्रिना कैफलाई डेट गरिरहेका थिए । सन् २०१३ मा कट्रिनाको बिकिनी तस्बिर लिक भएको थियो । वास्तवमा, एक म्यागजिनले रणबीर र कट्रिनाको तस्बिर लिक गरेको थियो । रणबीर र कट्रिना त्यतिबेला इबिजामा छुट्टी मनाइरहेका थिए ।

कट्रिना र रणबीरले सुरुमा त ती तस्बिरको विषयमा खासै केही प्रतिक्रिया दिएका थिएनन् तर केही समयपछि कट्रिनाले उक्त म्यागजिनको निकै आलोचना गरेकी थिइन् । कट्रिनाका निकै राम्रा साथी सलमान खानले उनलाई समर्थन गरेका थिए । उनले एक च्यानलमा दिएको अन्तर्वार्तामा यसबारे कुराकानी गरेका थिए ।

उनले भनेका थिए, ‘मलाई लाग्छ कि ती तस्बिर  चर्चाका लागि थिएन । किनभने तस्बिरमा देखिएका व्यक्ति  रणबीर त होलान् नै तर उनीसँग देखिएकी महिला कट्रिनाजस्तो देखिन्नन् । अनुहार अर्कौको र जिउ अर्कैको हुनसक्छ ।’

उनले त्यसपछि थपेका थिए, ‘तर सर, एकपटक सोच्नुहोस् त, कोही छुट्टीमा गएको छ र कसैले तपाईंको बिदाका नीजि तस्बिर खिचेर पोष्ट गरिदिन्छ भने यो कति खराब कुरा हो । यो हाम्रा आमा, बहिनीसँग पनि हुनसक्छ । तपाईंलाई कस्तो महसुस होला यदि यस्तो घटना तपाईंकी आमा र बहिनीमाथि भएको भए ? यो एक निकै घटिया व्यवहार थियो । कलाकारको रुपमा हामी फिल्ममा जे गर्छौं त्यो रील लाइफको मसाला हो तर कसैको पनि नीजि जीवनमा यस्तो हमला गर्ने अधिकार कसैलाई पनि छैन ।’

स्मरण रहोस्, सलमान खानको बहुप्रतिक्षित फिल्म भारतमा सलमान र कट्रिना सँगै काम गरिरहेका छन् । यो फिल्मलाई प्रियंकाले छोडेपछि कट्रिनाको इन्ट्रि भएको थियो । फिल्ममा सलमान, कट्रिनाबाहेक दिशा पाटनी, सुनिल ग्रोवर, शशांक सनी अरोडा, नोरा फतेही र ज्याकी श्रोफजस्ता कलाकारको अभिनय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप