श्रीमती छोडेर प्रेमिकासँग रोमान्स गरिरहेछन् यी पाँच बलिउड स्टार्स, एककी श्रीमतीले मात्र पाइन् साथी
अफेयर, विवाह र सम्बन्धविच्छेद । बलिउड सेलिब्रिटीका लागि यो कुनै नौलो कुरा होइन । कहिले, कुन मोडमा पुग्छन्, यकिन गर्न मुश्किल छ । आज प्रेम छ भने भोलि झगडा पनि छ । उनीहरुको झगडाले धेरैजस्तो सम्बन्धविच्छेदको मोड लिन्छ । त्यसकारण उनीहरुका लागि ‘डिभोर्स’ खासै ठूलो कुरा होइन । अहिले भ्यालेन्टाइन्स विक चलिरहेको छ । यो मौकामा हामी तपाईंलाई ती बलिउड स्टार्सबारे जानकारी दिँदैछौं जो श्रीमतीलाई छोडेर प्रेमिकासँग घुमिरहेका छन् ।
अर्जुन रामपालः
अर्जुन रामपाल आजकाल आफ्नो व्यवसायिक जीवनभन्दा नीजि जीवनका लागि चर्चित छन् । अर्जुनले सन् १९९८ मा आफूभन्दा दुई वर्ष जेठी सुपरमोडल मेहर जेसियासँग विवाह गरेका थिए । यी दुईले केही समयअघि संयुक्त बयान जारी गर्दै आफूहरु अलग्गिएको घोषणा गरेका थिए । यतिबेला अर्जुन रामपाल साउथ अफ्रिकन मोडल ग्याबरिलालाई डेट गरिरहेकी छिन् । अर्जुन रामपालले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट एउटा फोटो सेयर गरेकी थिइन् । यो फोटोमा उनी आफ्नी प्रेमिकासँग बसिरहेका थिए । तस्बिर सेयर गर्दै अर्जुनले क्याप्सनमा लेखेका थिए, ‘... विवाहमा.... तर मेरो होइन ।’
फरहान अख्तरः
अभिनेता, गायक एवं निर्देशक फरहान अख्तरको नाम पनि यो सूचीमा छ । स्मरण रहोस्, फरहानले सन् २००० मा अधुरा भबानीसँग विवाह गरेका थिए । १७ वर्षपछि अब यो सम्बन्ध विच्छेद भइसकेको छ । फरहान र अधुना पछिल्लो दुई वर्षदेखि अलग्गै बस्दै आएका छन् । अधुनालाई छोडेपछि फरहान गायिका शिबानी दांडेकरसँगको सम्बन्धका कारण निकै चर्चामा छन् । यी दुईको फोटो सोसल मिडियामा पनि निकै चर्चित हुने गर्छ ।
अरबाज खानः
यस्तै, अरबाज खानपछि श्रीमती मलाइकासँग सम्बन्धविच्छेद भएपछि जर्जिया एन्ड्रियानीसँगको सम्बन्धका कारण चर्चामा छन् । अरबाजलाई धेरैजसो जर्जियासँग देखिन्छ ।
अनुराग कश्यपः
बलिउड फिल्म निर्माता अनुराग कश्यपले पनि फिल्म डेव डीमा मुख्य भूमिकामा देखिएकी कल्की कोचलिनसँग सन् २०११ मा विवाह गरेका थिए । त्यसको चार वर्षपछि उनीहरुको सम्बन्धविच्छेद भयो । अनुराग अहिले आफ्नी प्रेमिका शुभाना शेट्टीसँग निकै चर्चा बटुलिरहेका छन् ।
मलाइका अरोडाः
बलिउडको चर्चित गीत छैया छैयाबाट चर्चित भएकी अभिनेत्री मलाइका अरोडाले अभिनेता अरबाज खानसँग १६ वर्षअघि विवाह गरेकी थिइन् । अब मलाइका र अरबाजको बाटो अलग भइसकेको छ । सम्बन्धविच्छेद पछि अरबाज प्रेमिका जर्जियासँग छन् भने मलाइका आफूभन्दा १२ वर्ष कान्छा अभिनेता अर्जुन कपुरसँग चर्चामा छन् । यी दुईलाई थुप्रैपटक सँगै देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण