कार दुर्घटनामा बेलायती –यापरको २८ वर्षमा मृत्यु
बेलायती –यापर क्याडेटको कार दुर्घटनामा मृत्यु भएको छ । कन्सर्टमा जाने बेला उनको दुर्घटना भएको बताइएको छ ।
सिएनएनएका अनुसार २८ वर्षे क्याडेटको वास्तविक नाम ब्लेन जोनसन हो । उनी शनिबार स्टेफोर्डशायरको किले युनिभर्सिटीमा आयोजित एक कन्सर्टमा जाने क्रममा उनी चढेको कार दुर्घटना भएको पुलिसले जानकारी दिएको छ ।
क्याडेटाको इन्स्टाग्राम पेजमा लेखिएको बयानमा भनिएको छ, ‘हामी ब्लेन क्यामरन जोनसन उर्फ क्याडेटको परिवार यो दुःखद खबर साझा गर्छौं कि फेब्रुअरी ९ मा एक कन्सर्टमा जाने क्रममा उनको मृत्यु भएको छ ।’
यसमा थपिएको छ, ‘अहिलेका लागि परिवार तपाईंको धैर्यको सराहना गर्दछ र हामी तपाईंसँग ती सबै जानकारी साझा गर्नेछौं जुन हामी गर्न सक्छौं । सहयोगका लागि तपाईंलाई धन्यवाद ।’
स्टेफोर्डशायर पुलिसका अनुसार उनी चढेको कार र एक भ्यान एक–आपसमा ठोक्किँदा –यापरको घटनास्थलमा नै मृत्यु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण