नुवाकोटको दाङसिङमा लोछार कार्यक्रम सम्पन्न
नुवाकोट । सोनाम लोछारको अवसरमा नुवाकोटको तारकेश्वर स्तरीय कलाकारहरुको छाता संगठन तारकेश्वर कलाकार समाज र दाङसिङको स्थानीय क्लबले नुवाकोट जिल्लाको तारकेश्वर गाउँपालिका वडा १ दाङसिङस्थित जब्बरेचौरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने मुख्य उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा राष्ट्रिय पर्यटन पत्रकार संघ (नाटोज) एवं गन्तव्य नेपाल गु्रपका अध्यक्ष शिव अधिकारी (अविरल) ले स्थानीय चाडपर्वको संरक्षण र प्रवद्र्धनमा जोड दिए ।
तारकेश्वरमा धेरै तामाङ जातिको बसोबास रहेको भन्दै उनले संस्कृतिको जर्गेनासँगै आन्तरिक पर्यटन प्रवद्र्धनमा यस्ता कार्यक्रमले सहयोग गर्ने भएकाले आगामी दिनमा पनि यो पर्वलाई अवसरमा रुपमा सदुपयोग गर्ने बताए ।
कार्यक्रममा नेपाली कांगे्रस तारकेश्वर गाउँपालिकाका संयोजक होम बहादुर तामाङले लोछार पर्वको संरक्षण र प्रवद्र्धनको लागि हामी सबै लागि पर्नु पर्ने बताए ।
सो अवसरमा तारकेश्वर गाउँपालिकाका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति पनि रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण