सञ्जय दत्तसँग थियो टिना अम्बानीको अफेयर, यसकारण अलग्गिए
टिना अम्बानी ८० को दशकमा बलिउडकी ग्ल्यामरस अभिनेत्रीमा समावेश थिइन् । सन् १९७८ मा उनले देव आनन्दको फिल्म देश परदेशबाट आफ्नो बलिउड करियरको सुरुवात गरिन् । त्यसपछि उनी देवका अन्य फिल्ममा पनि देखिइन् ।
सर्वाधिक चर्चा उनले ऋषि कपुरको अपोजिट ‘कर्ज’ र संजय दत्तको अपोजिट ‘रकी’ फिल्मबाट पाइन् । रकी फिल्मको सुटिङको क्रममा संजय दत्तसँग उनको अफेयरको पनि चर्चा रह्यो । पछि टिनाले उद्योगपति धीरुभाइ अम्बानीका कान्छा छोरा अनिल अम्बानीसँग विवाह गरिन् ।
फेब्रुअरी १९९१ मा टिनाले अनिल अम्बानीसँग विवाह गरिन् । त्यसपछि उनले फिल्ममा काम गरिनन् । उनका दुई छोरा अनमोल र अंशुल छन् ।
सन् १९८१ मा फिल्म रकीको सुटिङको क्रममा टिना र संजय दत्तबीच रोमान्स चर्चामा थियो । दुबै डेट पनि गरिरहेका थिए तर संजय दत्तको नशा र लागुऔषधको लतका कारण यो सम्बन्ध अचानक अन्त्य भयो ।
राजेश खन्नासँग पनि उनको अफेयरको अफवाह उडेको थियो । यासिर उस्मानद्वारा सञ्जय दत्तमाथि लेखिएको विवादित बायोग्राफी ‘द क्रेजी अनटोल्ड स्टोरी अफ बलिउड ब्याड ब्वाई’ का अनुसार ब्रेकअपपछि सञ्जय दत्तले निकै समस्याको समना गर्नुपरेको थियो ।
किताबका अनुसार सन् १९८२ मा सञ्जय दत्तका छिमेकी बन्दुक चलाएको आवाज सुनेर डराए । संजय दत्तले आफ्नो घरमा २२ पटक ओपन फायर गरेका थिए ।
टिनासँग ब्रेकअपपछि सञ्जय तनावमा थिए । ओपन फायरबाहेक उनले तोडफोड पनि गरेका थिए । स्मरण रहोस्, सञ्जय दत्तले यी कुराको खण्डन गरिसकेका छन् । उनका अनुसार यी कुरा निराधार हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय गौरवका आयोजनामा ढिलासुस्ती र बजेट छर्ने प्रवृत्तिप्रति सांसदहरूको आपत्ति, योजना आयोगको पुनर्संरचना माग
-
राजधानीका तीन सञ्चार गृहका गेटमा शंकास्पद सवारी साधन पार्किङ भेटिएसँगै प्रहरीद्वारा अनुसन्धान सुरु
-
नेपाली कांग्रेसभित्र असन्तुष्टि किन ?
-
ठुला आयोजनाले उत्पादन र रोजगारी बढाउन सकेनन् : सांसद तामाङ
-
पुँजीगत खर्च बढाउने रणनीतिक बनाउँदैछौँ : प्रवक्ता लम्साल
-
संस्कृतिविद् डा. आनाले वाचन गरिन् रामायणको श्लोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण