स्विट्जरल्यान्डले उपहार दिएको सुपर कम्प्युटरले नेपालमा काम पाएन

काठमाडौँ – छ महिनाअघि बनेपास्थित सूचना प्रविधि पार्कमा एक सुपर कम्प्युटर भित्रियो । मुलुकमा सबैभन्दा शक्तिशाली कम्प्युटर स्विट्जरल्यान्डबाट आउन त आयो तर काम नपाएर यो उपयोगविहीन बनेको छ । यो समाचार आजको नागरिक दैनिकमा सन्तोष न्यौपानेले लेखेका छन् ।
अब यसलाई के काम दिने भन्ने समस्या उत्पन्न भएको काठमाडौँ विश्वविद्यालयका उपप्राध्यापक मनोज शाक्यले बताए । ‘हामीसँग यति ठूला डाटा उपलब्ध छैनन्,’ शाक्यले भने, ‘यसलाई कसरी चलाउने भन्ने समस्या छ ।’
स्विट्जरल्याण्डको जेनेभामा रहको विश्वप्रसिद्ध वैज्ञानिक अनुसन्धान प्रयोगशाला युरोपियन ल्याबोरेटरी फर पाटिकल फिजिक्स (सर्न)ले यो कम्प्युटर नेपाललाई उपहारका रुपमा प्रदान गरेको हो ।
यो उच्च क्षमताको कम्प्युटर खासगरी ठूल्ठूला रिसर्च, मौसम विभाग, बैंक, सिभिल र जियोम्याट्रिक विभाग, भूकम्प पूर्वानुमानलगायतका क्षेत्रमा प्रयोग गर्न सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रभु बैंक र इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट सम्बन्धी सम्झौता
-
बागमतीका मेयर–उपमेयर विरुद्धको मुद्दा हेर्न नमिल्नेमा
-
बैँकिङ प्रणालीबाट राष्ट्र बैँकले ३० अर्ब निक्षेप उठाउँदै
-
अठारौँ गणतन्त्र दिवस : राष्ट्रिय समाचार समितिमा हिमालका तस्बिर प्रदर्शनी
-
शौचालयमा लडेर भारतीय पर्यटकको मृत्यु
-
राष्ट्रिय सरकार बनाएर संविधान संशोधनमा जाउँ : कृष्ण पहाडी