बागमतीका मेयर–उपमेयर विरुद्धको मुद्दा हेर्न नमिल्नेमा
आइतबार, ११ जेठ २०८२, १३ : ३३
_b6GEHTJHdR.jpg)
समाचार सारांश
- सर्लाहीको बागमती नगरपालिकाका मेयर र उपमेयरविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ।
- अख्तियारले मेयर र उपमेयरसहित चार जनाविरुद्ध ५ करोड ३३ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ।
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा र उपमेयर लीलाकुमारी मोक्तानविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । आइतबार विशेष अदालतका न्यायाधीशत्रय रामबहादुर थापा, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासमा पेसी तोकिएकोमा मुद्दा हेर्न नमिल्ने भएको हो ।
२०८० चैत २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापा, उपमेयर मोक्तानसहित चार जनाविरुद्ध ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक रूपमा आर्जन गरेको आरोपमा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दायर गरेको थियो ।
त्यसपछि २०८१ जेठ २९ गते थापासहित ६ जनाविरुद्ध बागमती नगरपालिकाको भरत तालमा ३० करोड २९ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अर्को मुद्दा दायर गरिएको थियो । मुद्दा चल्दै गर्दा उनीहरुविरुद्ध विशेषमा थप एक र जिल्ला अदालत सर्लाहीमा अर्को मुद्दा दायर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : दुर्गा प्रसाईँसहित २० जनालाई जन्मकैद मागदाबी
-
रवीन्द्र र धवललाई राज्यविरूद्धको कसुरमा मुद्दा
-
जापानलाई पछि पार्दै भारत बन्यो विश्वको चौथो ठूलो अर्थतन्त्र
-
नेकपा (एकीकृत समाजवादी) मा जनसेवा नेपाल समाहित
-
मिस इंग्ल्याण्डले छाडिन् मिस वर्ल्ड, भनिन् - मलाई वेश्या जस्तो महसुस गराइयो
-
तीनकुने घटना : ६५ जनाविरुद्ध मुद्दा चल्ने, ११ जना फरार