बागमतीका मेयर–उपमेयर विरुद्धको मुद्दा हेर्न नमिल्नेमा
आइतबार, ११ जेठ २०८२, १३ : ३३
सारांश
- सर्लाहीको बागमती नगरपालिकाका मेयर र उपमेयरविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ।
- अख्तियारले मेयर र उपमेयरसहित चार जनाविरुद्ध ५ करोड ३३ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरेको आरोप लगाएको छ।
काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका मेयर भरत थापा र उपमेयर लीलाकुमारी मोक्तानविरुद्धको मुद्दा हेर्न नमिल्ने भएको छ । आइतबार विशेष अदालतका न्यायाधीशत्रय रामबहादुर थापा, रितेन्द्र थापा र विदुर कोइरालाको इजलासमा पेसी तोकिएकोमा मुद्दा हेर्न नमिल्ने भएको हो ।
२०८० चैत २७ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापा, उपमेयर मोक्तानसहित चार जनाविरुद्ध ५ करोड ३३ लाख रुपैयाँ अवैधानिक रूपमा आर्जन गरेको आरोपमा गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा दायर गरेको थियो ।
त्यसपछि २०८१ जेठ २९ गते थापासहित ६ जनाविरुद्ध बागमती नगरपालिकाको भरत तालमा ३० करोड २९ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा अर्को मुद्दा दायर गरिएको थियो । मुद्दा चल्दै गर्दा उनीहरुविरुद्ध विशेषमा थप एक र जिल्ला अदालत सर्लाहीमा अर्को मुद्दा दायर गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
-
काठमाडौँ उपत्यकामा दुर्घटना १९ प्रतिशतले घट्यो
-
महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण