आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बैँकिङ प्रणालीबाट राष्ट्र बैँकले ३० अर्ब निक्षेप उठाउँदै

आइतबार, ११ जेठ २०८२, १३ : २६
आइतबार, ११ जेठ २०८२

समाचार सारांश

  • नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ उठाउने भएको छ।
  • बैंक तथा वित्तीय संस्थाहरूले २१ दिने बोलकबोलमा भाग लिन सक्नेछन्, जसमा न्यूनतम १० करोड रुपैयाँ बोल गर्नुपर्नेछ।
  • बोलकबोलको ब्याजदर निर्धारण र भुक्तानी जेठ १ गते हुनेछ, जसमा 'क', 'ख' र 'ग' वर्गका बैंक तथा वित्तीय संस्थाहरू सहभागी हुन पाउनेछन्।

काठमाडौँ ।  नेपाल राष्ट्र बैँकले आइतबार बैँकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ उठाउने भएको छ। पछिल्लो समय बजारमा अधिक तरलता भएसँगै राष्ट्र बैँकले बैँकिङ प्रणालीबाट निरन्तर रूपमा निक्षेप रकम उठाइरहेको छ ।

राष्ट्र बैँकले २१ दिनका लागि बोलकबोल आह्वान गरेको छ, जसमा बैँक तथा वित्तीय संस्थाहरूले भाग लिन सक्नेछन्। आइतबार दिउँसो ३ बजे बोलकबोलको समय तोकेको छ ।

बैँक तथा वित्तीय संस्थाहरूले बोल गर्न सकिने रकम घटीमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म रहेको छ । 

राष्ट्र बैँकका अनुसार सावाँ तथा ब्याज भुक्तानी आगामी जेठ १ गते तोकिएको छ भने यसको ब्याजदर समेत बोलकबोलको माध्यमबाट हुनेछ । निक्षेप सङ्कलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ ।

निक्षेप सङ्कलनको बोलकबोलमा निक्षेपबापत जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव) पछिको हकमा चार (अंकसम्म) उल्लेख गर्नुपर्नेछ । 

बहु ब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा राष्ट्र बैँकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैँक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप