‘नेपाल विकास सम्मेलन’ मा भाग लिन अर्थमन्त्री बेलायतमा
लण्डन – शुक्रबारका लागि तय भएको ‘नेपाल विकास सम्मेलन’ मा भाग लिन अर्थमन्त्री डा युवराज खतिवडा बुधबार बेलायत आइपुगेका छन् ।
सम्मेलन बेलायतको लण्डनस्थित नेपाली राजदूतावासले आयोजना गरेको हो ।
डा खतिवडाले गैर आवासिय नेपाली संघ (एनआरएन) नेपालीहरुको लगानी नेपाल भित्र्याउने उद्देश्यका साथ बेलायत आएको बताए ।
उनले चैत दोस्रो साता हुने लगानी सम्मेलनका लागि तीब्र रुपमा तयारी भइरहेको पनि सो क्रममा जानकारी दिए ।
खतिवडाले लण्डनस्थित नेपाली दूतवासमा हुने विकास सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्ने नेपाली दूतावास लण्डनले जनाएको छ ।
कार्यक्रममा गैरआवासीय नेपाली संघ, नेपाल वेलायत चेम्बर अफ कमर्स, वेलायतस्थित नेपाली तथा विदेशी लगानीकर्ताहरुले कार्यपत्र प्रस्तुत गर्ने छन् ।
यसबाहेक खतिवडा एनआरएन वेलायत र नेपाल–बेलायत चेम्वर अफ कमर्शको कार्यक्रमहरुमा पनि सहभागी हुनेछन् ।
अर्थमन्त्रीको स्वागतका बेलायतस्थित नेपाली दूतवासका प्रवक्ता शरदराज आरण हित्रो विमानस्थल पुगेका थिए भने सो क्रममा एनआरएनएका केन्द्रीय उपाध्यक्ष कूल आचार्यसहित एनआरएन यूकेका पदाधिकारी र अन्य संघ संगठनका प्रतिनिधिको पनि सहभागिता रहेको थियो ।
अर्थमन्त्री शनिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण