कविता : अखण्ड मान्छे
शनिबार, ११ फागुन २०७५, १२ : २८
-साकारबाबु सुवेदी
बुद्धि बन्धक राखेर
उपदेश बाँड्ने
पाखण्ड मान्छे
रिक्तता नै रिक्तता बोकेर
अस्तित्व खोज्ने
घमण्डी मान्छे
नरोपिएका बीउ देखाई
अबिरल फसल काट्न खोज्ने
द्वेष नै द्वेषले उद्वत
उदण्ड मान्छे ।
मस्तिष्कभित्रका ऐंजेरु लुकाई
सुन्दर मुहार देखाउन खोज्ने
श्रापै श्रापले आहत
उदण्ड मान्छे
प्रेम र स्नेहको अंशवण्डा गराई
अभिभाज्य दाँत देखाउन खोज्ने
कुपात्रै कुपात्रको
एक खण्ड मान्छे
नकमाएको धनभित्र मोहित भई
लट्ठिएका आँखा लुकाउन खोज्ने
नखाएको विषले मूर्छित
अखण्ड मान्छे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण