कविता : मृत्यु, तीतो यथार्थ
-अच्युतशाली घिमिरे
मानिस
जीवनमा अनेकौँ
मिथ्याहरुसँग संयोग राख्दछ
क्षणिक सुखहरु आर्जन गर्दछ,
जन्म–जन्मान्तरसम्म
एउटा मृगतृष्णामा
पछि लागिरहन्छ
भूलभुलैयामा
चक्कर मारिरहन्छ,
तर
आखिर जिन्दगी
के नै छ र ?
जीवनका
अनन्तः स्पन्दनहरुलाई
अनुभव गर्न नपाउँदै
मृत्यु आउँछ र
टपक्क टिपेर
लान्छ,
हामी प्रश्न उत्तर
गर्न सक्दैनौँ
केही गरुँला र भरुँला
भन्ने उमेरमा नै
निस्सारताको
भूमरी फिजाइदिन्छ
धर्तीका अनेक क्रियाहरुलाई
स्वर्गबाट चिहाउन
बाध्य पारिदिन्छ
साच्चै नै
मृत्यु आफैमा
विरोधाभास छ
राम्रालाई चाँडै लान्छ
नराम्रालाई कुरी बस्छ
नवीन प्राप्तिका
लालसाहरुमा
पूर्णविराम लगाईदिन्छ ।
यस्तै
अन्यायको
नियति भोग्यो देशले
२०७५ फागुन १५ गते
मन्त्रीसहित प्रतिष्ठित
मान्छेहरुलाई गुमायो यो देशले
ताप्लेजुङमा एयर डायनेस्टी हेलिकप्टर दुर्घटनामा
आँसुहरु बगिरहे
हृदयहरु पग्लिरहे
अमृतहरु विष भए
सपनाहरु झरी गए,
जिन्दगी मूल्यवान थियो
तर आखिर नैराश्य मिल्यो
जिन्दगी
अँध्यारो कोठरीको परीक्षा भयो
तीव्र आशक्तिमा
जीवन जन्म्यो
तर मृत्युले असामयिक
वेदना थमायो,
साँच्चै नै
मृत्युको आकारमा
अन्धोपन छ
मृत्युको नियम
आफैमा अस्पष्ट छ
वियोगान्त नाटकको
नायकझैँ
हरहमेशा दुःखको
तमाशा देखाइरहेछ
आखिर ! मृत्यु यो
शृङ्गारिक संसारमा
तीतो सत्य रहेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण