कविताः अतृप्त यायावर
शनिबार, १८ फागुन २०७५, १३ : ४१
ई. सन्तोष पोखरेल
मेरो चिदाकाश
कसरी नाप्न सक्लिउ र ?
यो त तिम्रा भावनाभन्दा कता हो कता
पर ऊ पर पर उडेको
अनि तिम्रो भावना चाहिँ
जमिन न छाडी गुडेको
म त लडेको प्रस्तरको चिसोमा
तिमी टाँसिएको लिसोमा
देख्छु लुकेको छ एउटा आश ।
म त निर्धक्क निर्लिप्त
तिम्रा आशहरूबाट पनि परित्यक्त
यस सृष्टिको आलिङ्गनमा
घरी मेरा र घरी तिम्रा मनमा
भैरहने एक अचम्मको आभाश
चिसो चिसो उच्छ्वास ।
जीवनका मोडहरूमा
सम्बन्धका रहरलाग्दा
घरिघरि कहरलाग्दा
दुईबीचका अठोटहरूमा
जेनतेन टिकिरहेको
यो कला अझ पनि सिकिरहेको
अतृप्त मेरो तृष
म पक्का सिकारु सदृश
जीवनपर्यन्त मेट्दै रहर
म अतृप्त यायावर !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण