लघुकथा : प्रकृतिको डेरा
–इन्द्रकुमार श्रेष्ठ सरित
रामु वैदेशिक रोजगारीमा जाने पक्कापक्की भएपछि प्रकृतिको आँखाबाट आँसु रोकिएको थिएन । धेरै पटक रामुलाई उनले सोधिसकेकी छिन्– ‘बाबा, विदेश नै जानुपर्छ १ नेपालमै बसेर केही गर्न सकिन्न ?’
छोराछोरीको उज्ज्वल भविष्यका लागि पनि आफूले केही वर्ष दुःख गर्नैपर्ने बाध्यता रहेको बताउँदै रामु भन्छ– ‘मुनाजस्ता छोराछोरी र तिमीलाई छाडेर मलाई पनि विदेश जाने मन छैन । तर परिवारको सुख र खुशीका लागि मेरो सामु अर्को विकल्प छैन । त्यसैले तिमीले घर र सन्तानको राम्रो हेरविचार गर्नु ।
आफन्त र साथीभाइहरूसँगको भेटघाटमा एक हप्ता मिलिक्कै बित्यो । भोलि राति एघार बजेको फ्लाइट छ उसको । रामुलाई अँगालो हालेर डाको छाडेर रून थालिन् प्रकृति– ‘बाबा, हजुरबिनाको पहाजस्तो तीन वर्ष, मैले कसरी बिताउने होला ?’
श्रीमतीको मायामा रामु पनि रातभरि पग्लिरह्यो । आफूलाई यस्तो माया गर्ने श्रीमती पाएकोमा उसले आफूलाई भाग्यमानी ठानिरह्यो ।
भोलिपल्ट रामुलाई बिदाइ गरेर एअरपोर्ट बाहिर निस्केपछि अरूबाट अलि छेऊ लागेर प्रकृतिले फोन गरिन्न, ‘हेलो लच्छु, कहाँ छौ भेट्ने हैन ? काँ बाइर भेटिरहने र यार ? अब त तीन वर्ष घरमै भेट्ने हो । मस्ती नभाको जिन्दगी के जिन्दगी ? दुई चार दिनलाई हैन अब तीन वर्षका लागि डेरा यतै सारन । हुन्न र ?’
फोन समाप्तिपछि पनि प्रकृतिको मधुरो तर अर्थपूर्ण हाँसो गुन्जिरहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्जुरी समयमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
-
८५औँ मिनेटमा मेस्सीको पासमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण