आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

नेकपाले झापा विद्रोहका योद्धाको स्मरणमा सुखानी दिवस मनाउँदै

मङ्गलबार, २१ फागुन २०७५, १० : ५३
मङ्गलबार, २१ फागुन २०७५

काठमाडौंँ – नेपालको राजनीतिक इतिहासमा सुखानी घट्ना चर्चित घटनाहरुमध्येमा पर्छ । 

तत्कालीन शासकविरुद्ध विद्रोह गरेवापत ५ युवाले गोली खानु परेको यो घट्नालाई ‘झापा विद्रोह’का नामले समेत चिनिन्छ । 

त्यसयता नेपालका कम्युनिष्टहरुले सुखानी दिवस मनाउदै आएका छन् । नेकपाले यो बर्ष झापा विद्रोहका योद्धाको सम्झनामा ‘सुखानी दिवस’ झापाको दानावारीमा रहेको सुखानी उद्यानमा मनाउँदै छ । 

सुखानीको जंगलमा मारिएका पाँच जना ‘कम्युनिष्ट क्रान्तिकारी’हरुको स्मरणमा मंगलबार झापामा हुने कार्यक्रममा नेकपाका अध्यक्षद्धय केपी शर्मा शर्मा ओली र प्रचण्डले सम्बोधन गर्दैैछन् ।

यसका लागि प्रचण्ड सोमबार बिराटनगर हुदै झापा पुगेका छन् भने प्रधानमन्त्री तथा अर्का अध्यक्ष ओली आजै त्यसतर्फ जाँदैछन् । 

पञ्चायती शासकले २०२९ फागुन २१ गते त्यसबेलाका कम्युनिष्ट युवाहरु रामनाथ दाहाल, नेत्र घिमिरे, वीरेन राजवंशी, कृष्ण कुइँकेल र नारायण श्रेष्ठलाई झापा र इलामको सीमा क्षेत्र सुखानीको जंगलमा हत्या गरेको थियो । 

२०२९ साल कात्तिकमा पक्राउ परेका दाहाल, घिमिरे, राजशंशी कुइँकेल र श्रेष्ठलाई झापाबाट इलाम जेल सार्ने नाममा गोली हानेर हत्या गरिएको थियो । त्यसपछि नेपालका कम्युनिष्टहरुले सुखानीलाई आदर्शभूमि मान्ने गरेका छन् ।

हत्या भएको स्थानमा उनीहरु ५ जनाकै शालिक निर्माण गरिएको छ । 

विसं २०२८ देखि २०३० सम्म झापा जिल्लामा युवा कम्युनिष्टहरुको नेतृत्वमा चलेको सशस्त्र आन्दोलनलाई अहिले पनि ‘झापा विद्रोह’का रुपमा चिनिन्छ । त्यसवेला कम्युनिष्ट आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठन गर्दैै अघि बढेको सो झापा बिद्रोहबाट अत्तिएको पञ्चायती निरंकुश सरकारले विद्रोह दमन गर्ने क्रममा ती योद्धालाई गोली हानी हत्या गरेको थियो ।

यही विद्रोहका जगमा नेकपा(माले) नेकपा(एमाले) एवम् नेकपा (माओवादी) हुँदै अहिले संसदमा दुई तिहाई बहुमतप्राप्त राजनीतिक शक्ति (नेकपा) बनेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी डेस्क
रातोपाटी डेस्क

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो  । 

लेखकबाट थप