राहदानी विभागको कार्यालय समय १ घण्टा बढ्यो
राहदानी विभागले कार्यालय समय १ घण्टा बढाएको छ ।
विभागले सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिदै कामको प्रभावकारिता बढाउन कार्यालय समय थप गरिएको जनाएको छ ।
सधैं १० बजे खुलेर ५ बजे बन्द हुने कार्यालय २०७५ चैत १ देखि ९ बजे खुल्ने र ५ बजे बन्द हुने भएको छ ।
आइतबारदेखि बिहिबार सम्म ९ बजे देखि ५ बजे सम्म चल्ने कार्यालयमा शुक्रबार भने ३ बजे सम्म काम हुनेछ । सेवा समय विस्तार भएको पहिलो दिनदेखि नै राहदानी सम्बन्धी सबै प्रकारका सेवा लिन सक्ने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए ।
थपिएको समयले सेवाग्राहीले छिटो छरितो सेवा र गुणस्तरीय सेवा पाउने महानिर्देशक खड्काले विश्वाश ब्यक्त गरेका छन् ।
यस्तै विभागले राहदानीबाहकलाई राहदानको प्रयोगमा सजगता अपनाउन पनि अनुरोध गरेको छ । राहदानी पट्याउने केरमेट गर्नाले अबैध हुन सक्ने भन्दै प्रयोगमा सावधानी अपनाउन अनुरोध गरेको छ । नेपाल सरकारले जिल्ला प्रशासन कार्यालयहरु,राहदानी बिभाग र विदेश स्थित कुटनैतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
८५औँ मिनेटमा एन्जो फर्नान्डेजको गोल: अर्जेन्टिनाले खेल १-१ को बराबरीमा ल्यायो
-
५५औँ मिनेटमा एन्थनी गोर्डनको गोल: अर्जेन्टिना विरुद्ध इङ्ग्ल्यान्डले लियो १-० को अग्रता
-
इङ्गल्यान्ड - अर्जेन्टिना महाभिडन्त: पहिलो हाफमा गोलरहित बराबरी
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण