जेनेभामा ग्रेटर नेपालका अध्यक्षले भने, ‘भारतले नेपालको ६० हजार वर्ग किलोमिटर भूमिमा कब्जा जमाएर उपनिवेश कायम गरेको छ’
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले भारतले नेपालको करीब ६० हजार वर्ग किलोमिटर भूमिमा कब्जा जमाएर उपनिवेश कायम गर्नु स्वतन्त्रता र मानव अधिकार उल्लङ्घनको ठोस उदाहरण भएको बताएका छन् ।
जेनेभाको स्विस प्रेस क्लमा नेपाल, पन्जाब, मद्रास , मणिपुर र त्रिपुराका मानवअधिकार प्रतिरक्षाका क्षेत्रमा सङ्घर्षरत प्रतिनिधिका निम्ति आयोजित प्रेस भेटघाट कार्यक्रममा मोर्चाका अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन् ।
जेनेभामा फेब्रुअरी २५ देखि भइरहेको मानवअधिकार परिषद्को ४० औँ सत्रका गतिविधिबारे समाचार सङ्कलन गर्न आएका करीब डेढ दर्जन विदेशी पत्रकारसँग संवाद गर्दै मोर्चाका अध्यक्ष नेपालले ९० वर्ष ब्रिटिस उपनिवेशविरुद्ध लडेको भारतले आफू स्वतन्त्र हुनासाथ त्यसरी नै नेपाली भूमिमा जबरजस्ती कब्जा जमाउनु मानवअधिकार, प्रजातन्त्र र व्यक्तिगत स्वतन्त्रताको चरम उपहास भएको बताएका थिए ।
मोर्चाका अध्यक्ष नेपालले पत्रकारहरूलाई ग्रेटर नेपालको नक्सा बाँड्दै आफूलाई संसारको सबभन्दा ठूलो प्रजातान्त्रिक मुलुक बताउने भारतले आजको २१ औँ शताब्दीमा उपनिवेशजस्तो अमानवीय, अप्रजातान्त्रिक र मानव स्वतन्त्रता विरोधी क्रियाकलाप देखाउनु निन्दनीय भएको बताएका थिए ।
उनले एकातिर भारतले भारतभित्रकै अल्पसंख्यकहरूमाथि धार्मिक विभेद र छुवाछूतको व्यवहार गरिरहेको र अर्कातर्फ नेपालमा आफ्नो अर्धसैनिक बल राखेर नेपाली जनतालाई त्रास र मानसिक पीडामा राख्दै आएको पनि बताएका थिए ।

भारतले सैनिक बलको आडमा प्रजातन्त्र र स्वतन्त्रताको गला दबाइरहेको आरोप लगाउँदै ग्रेटर नेपालका अभियन्ता नेपालले नेपाली भूमिमा भारतीय उपनिवेशको अन्त्यका लागि सहयोग गर्न त्यहाँ उपस्थित अन्य प्रतिनिधिलाई आग्रह पनि गरेका थिए ।
उनले नेपालमा सडकमा ग्रेटर नेपालको आवाज उठाउँदा प्रहरीले पक्राउ गर्ने र प्रहरी हिरासतमा राख्ने गरेको बताउँदै विश्व समुदायले तिरस्कार गरेको उपनिवेशजस्तो अमानवीय व्यवहारलाई भारतले अँगालिरहेकोमा मानवअधिकारको क्षेत्रमा लडिरहेकाहरूले यसको खुलेर भत्र्सना गर्न आग्रह गरेका थिए ।
त्यहाँको प्रेस भेटघाटमा सहभागी अन्य प्रतिनिधिहरूले भारतले अल्पसंख्यकहरूमाथि अमानवीय व्यवहार गरेको प्रति अन्तर्राष्ट्रिय जगत् को ध्यान जानुपर्ने बताएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
कतारमाथि क्यानडाको एकपक्षीय दबदबा, पहिलो हाफमै ३–० को अग्रता
-
क्यानडा र कतार भिड्दै, अघिल्लो चरणका लागि दुवै टोलीलाई जितको दबाब
-
उमेर पुगेर बिहे गर्ने छोरीलाई ५१ हजार नगद
-
बोस्नियामाथि स्विट्जरल्याण्डको सानदार जित, ४ अंकसहित नकआउट चरणको नजिक
-
स्विट्जरल्याण्ड र बोस्नियाबिच कडा प्रतिस्पर्धा, पहिलो हाफमा भएन गोल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण