मैत्रीपूर्ण फुटबल : १९ वर्षपछि नेपाल र कुवेत भिड्दै
बिहीबार, ०७ चैत २०७५, ०९ : ००
काठमाडौं - अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपाली टोलीले बिहीबार कुवेतसँग प्रतिस्पर्धा गर्ने भएको छ । दुई मैत्रीपूर्ण खेल खेल्न कुवेत पुगेका टोलीले बिहीबार बेलुका पहिलो खेल खेल्न लागेको हो ।
खेल बेलुका ९ः१५ बजे सुरु हुनेछ । नेपाल र कुवेत १९ वर्षपछि भिड्न लागेका हुन् । यसअघि सन् २००० मा एएफसी एसिया कपमा दुई टोली भिडेका थिए । उक्त खेलमा नेपाल ५-० गोलले पराजित भएको थियो । नेपाली टोलीका प्रशिक्षक योहान कालिनले कुवेतविरुद्ध नेपालले जित निकाल्ने बताएका छन् ।
हालै नेपाली टोलीको प्रशिक्षण सम्हालेका कालिनको यो पहिलो खेल हो । यसैगरी कुवेतका प्रशिक्षक रोमियो जोजाकले पनि घरेलु मैदानमा टोली जितका लागि उत्रने बताएका छन् । हामीले छोटो तयारी गरेका छौं । तर, प्रदर्शन गर्न सके हामी जित्न सक्छौ, जोजाकले भने । नेपालले दोस्रो खेल मंगलबार खेल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपको फाइनलअघि गोल्डेन बुटमा मेस्सीको कब्जा, चुनौती दिन एम्बाप्पे र केनको एक खेल बाँकी
-
स्कुटर चोरी गर्ने व्यक्ति पक्राउ
-
तनहुँको मादी पुलको काम धमाधम
-
आजबाट बृहस्पति अस्त हुँदैः कस्ता कार्य गर्न हुन्छ र के गर्न हुँदैन ?
-
इङ्ग्ल्यान्डमाथि अर्जेन्टिनाको रोमाञ्चक पुनरागमन जित, उपाधिका लागि स्पेनसँग भिड्ने
-
इन्जुरी समयमा मेस्सीकै पासमा लाउटारो मार्टिनेजको गोल: अर्जेन्टिनाले लियो २-१ को नाटकीय अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण