पिएम नरेन्द्र मोदीको ट्रेलर रिलिजः मानिसहरुले भने, ‘२०१९ को उत्कृष्ट कमेडी’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिक फिल्म ‘पिएम नरेन्द्र मोदी’ को ट्रेलर रिलिज भएको छ । फिल्ममा विवेक ओबरोय नरेन्द्र मोदीको भूमिकामा छन् । दुई मिनेटको ट्रेलरमा मोदीको जीवन यात्रा देखाइएको छ ।
ट्रेलरमा प्रधानमन्त्रीको भूमिकामा विवेक ओबरोय निकै फिट देखिएका छन् । एक प्रयोगकर्ताले लेखे, ‘पिएम मोदी विवेकभन्दा उत्कृट नायक हुन् । ’ अर्का एक प्रयोगकर्ताले लेखे, ‘यो ट्रेलर हेरेर दूरदर्शनको लो बजेट टेलिफिल्मको याद आयो ।’
यस्तै, अर्का एक प्रयोगकर्ताले यसलाई २०१९ को उत्कृष्ट कमेडी फिल्म बताएका छन् ।
कतिले विवेकले बोलेको डायलग र लुक्स मोदीसँग कुनै पनि कोणबाट नमिलेको बताएका छन् भने कतिले विवेकको अभिनयमा कुनै दम नभएको पनि बताएका छन् ।
पिएम नरेन्द्र मोदी अप्रिल ५ देखि रिलिज हुँदैन । सुरुमा फिल्मको रिलिज डेट अप्रिल १२ बताइएको थियो । फिल्मको निर्देशन कुमार बीले गरेका छन् । फिल्मलाई सुरेश ओबरोय, आनन्द पण्डित, संदीप सिंह र आचार्य मनिषले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको आदेशपछि कसरी अघि बढ्ला सम्पत्ति छानबिन आयोग ?
-
कतारका पूर्वराजा थानीको निधनप्रति राष्ट्रपतिद्वारा दुःख व्यक्त
-
त्रासमा महानगर प्रहरी, सडकमा निस्कन नसक्दा सहर अस्तव्यस्त
-
मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनको पहिलो सर्किट सञ्चालनमा, राष्ट्रिय प्रसारण प्रणाली थप सुदृढ
-
कुवेत र इराकका नेपालीलाई सतर्क रहन राजदूतावासको आग्रह
-
चितवनमा होटल सञ्चालक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण