प्रदर्शन गर्न नसक्दा मेसीले सम्हालेकाे अर्जेटिना पराजित
काठमाडाैं - कप्तान लियोनल मेस्सी नौँ महिनापछि राष्ट्रिय टोलीमा फर्किएर खेलेको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा अर्जेन्टिना पराजित भएको छ । शुक्रबार राति भएकाे खेलमा भेनेजुएलाले अर्जेन्टिनालाई ३–१ गोलले पराजित गरेकाे हाे । रुस विश्वकपपछि मेस्सीले राष्ट्रिय टोलीमा खेले पनि गोल गर्न सकेनन् ।
भेनेजुएलाले छैटौँ मिनेटमै अग्रता लिएको थियो । सालोमोन रोन्डोनले गोल गर्दै भेनेजुएलालाई सुरुवाती अग्रता दिलाए । ४४ औं मिनेटमा जोन मुरिलोले भेनेजुएलाको अग्रता दोब्बर बनाए ।
५९ औं मिनेटमा अर्जेन्टिनाका लउटारो मार्टिनेजले गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर, ७६ औं मिनेटमा भेनेजुएलाका जोसेफ मार्टिनेजले पेनाल्टीमा गोल गर्दै टोलीको जित सहज बनाए । तुलनात्मक रुपमा कमजोर देखिएको अर्जेन्टिनाले खेलको अन्तिमसम्म गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन् ।
प्रशिक्षक लियोनल स्कालोनीले चर्चित खेलाडी सर्जियो अगुएरो, गोन्जालो हिगुइन, माउरो इकार्डी लगायतलाई टोलीमा समेटेका थिएनन् । पाउलो डीबालालाई बेन्चमा राख्दा अर्जेन्टिनाले लय समाउन सकेको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण