रामोसको पेनाल्टीमा स्पेनकाे जित
एजेन्सी - युरो कप छनोटमा स्पेनले नर्वेमाथि कठिन जित हात पारेको छ । समूह ‘एफ’अन्तर्गत शनिबार राति भएको खेलमा कप्तान सर्जियो रामोसले पेनाल्टीमार्फत गोल गरेपछि स्पेनले नर्वेलाई २–१ गोलले हराएकाे थियो ।
घरेलु मैदनमा भएको खेलमा स्पेनले १६ औं मिनेटमा खाता खोलेको थियो । रोड्रीगो मोरेनोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । ६५ औं मिनेटमा नर्वेका जोसुआ किङले पेनाल्टीमार्फत बराबरी गोल फर्काए ।
प्रतिस्पर्धातमक बनेको खेलमा स्पेनले ७१ औं मिनेटमा पेनाल्टी पाएको थियो । नर्वेका गोलरक्षक रुने जार्सटेनले अल्भारो मोराटालाई डिबक्सभित्र लडाएपछि पाएको पेनाल्टीलाई कप्तान रामोसले सदुपयोग गर्दै टोलीलाई जित दिलाए । रामोसको यो टोलीका लागि ९० औं गोल हो ।
सन् १९६४, २००८ र २०१२ को युरो कप विजेता स्पेनले खेलको अन्तिमसम्म थप गोल गर्ने अवसर बनाए पनि अरु गोल गर्न सकेन । समूह ‘एफ’कै अन्य खेलमा माल्टाले फारोेइ आईल्यान्डलाई २–१ र स्विडेनले रोमानियालाई २–१ गोलले नै पराजित गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण