आलियाले स्टेजबाट नै रणबीर कपूरलाई ‘आई लभ यु’ भनेपछि...
मुम्बई – अवार्ड कार्यक्रममा अभिनेत्री आलिया भट्टले स्टेजबाट नै रणबीर कपूरलाई ‘आई लभ यु’ भनेकी छिन् । उनले स्टेजबाट नै रणबीरसँगको सम्बन्धलाई स्वीकार गर्दै उनको नाम बोलाएर ‘आई लभ यु’ भनेकी थिइन् ।
शनिबार राति भएको ६४औँ फिल्म फेयर अवार्डमा आलियाले फिल्म ‘राजी’ बाट अवार्ड प्राप्त गरेकी थिइन् भने रणबीरले फिल्म ‘सञ्जु’ बाट अवार्ड प्राप्त गरेका थिए । अवार्ड थाप्दै गर्दा भावुक बनेकी आलियाले स्टेजबाट वक्तव्य दिँदै गर्दा मायाका शब्दहरु प्रस्तुत गरेकी थिइन् ।
उनले भनिन्, ‘मेघना, मेरो लागि ‘राजी’ तिमी हौ । यसमा मेरो रगत र पसीना छ । विक्की (विक्की कौशल), तिमी विना यो फिल्म कहिल्यै सफल हुँदैनथियो । मेरो मार्गनिर्देशनको लािग करण(करण जौहर) र मेरो पापालाई धन्यवाद । आजको रात प्रेमको नाम, आई लभ यु ।’
उनले फिल्म ‘राजी’ को लागि सम्पूर्ण टिमलाई धन्यवाद दिएकी थिइन् ।
यसैबीच, मुख्य भूमिकाको लागि रणबीर कपूरलाई उत्कृष्ठ अभिनेता घोषित गरिएको थियो । उनले आलियालाई चुम्बन गरे । त्यसपछि उनले पूर्वप्रेमिका दीपिका पादुकोणलाई अंगालो हाले र अवार्ड लिन गए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ जिल्लाका साना नदीमा बाढीको उच्च जोखिम
-
मधेस प्रदेशसभा बैठकः बजेटसम्बन्धी कार्यदलको प्रतिवेदन प्रस्तुत हुने
-
अविरल वर्षाले नवलपुरमा पहिरो र डुबान, नौ घरपरिवार प्रभावित
-
पैदलयात्रीको सुरक्षाका लागि जावलाखेलमा 'स्मार्ट सेफ्टी ब्यारेड' सञ्चालन (तस्बिरहरू)
-
साम्राज्यवादको घेराबन्दी र एसियाली प्रतिरोधको नयाँ सङ्कल्प
-
सुदूरपश्चिम विश्वविद्यालय मातहतको अनियमितता छानबिन गर्न समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण