बेरोजगारी समस्या अन्त्य गरिन्छः मन्त्री पण्डित
लहान–संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकार मुलुकमा रहेको गरीबी र बेरोजगारी समस्या अन्त्यका लागि ध्यान केन्द्रित गरेको बताएका छन् ।
सिरहाको गोलबजार नगरपालिकाको आयोजनामा आजदेखि शुरु भएको दोस्रो नगरस्तरीय फुटबल प्रतियोगिताको उद्घाटन गर्दै उनले जनताको मुख्य दुश्मन गरीबी भएकोले सरकार गरीबी र बेरोजगारी समस्या अन्त्य गर्नेतर्फ केन्द्रित रहेको बताए ।
स्थानीय, प्रदेश र सङ्घीय सरकारको विभिन्न योजना गाउँगाउँमा पुग्न थालेकाको उल्लेख गर्नुहुँदै मन्त्री पण्डितले अबको चार वर्षमा विकास निर्माणले एउटा गति लिने विश्वास व्यक्त गरे ।
प्रतियोगिताअन्तर्गत आज भएको उद्घाटन खेलमा वीरगञ्ज युनाइटेड क्लब पर्साले डाँगी हाट फुटबल क्लब बेलवारीलाई २–१ गोल अन्तरले पराजित गरेको छ । प्रतियोगिताको विजेताले नगद रु दुई लाख २२ हजार नगद र उपविजेताले नगद रु एक लाख ११ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।
यसअघि आजै मन्त्री पण्डितले गोलबजार नगरपालिका–३ लालपुरमा एकीकृत नमूना दलित बस्तीको उद्घाटनसमेत गर्नुभएको थियो । सङ्घीय सरकारको समृद्धि कार्यक्रमअन्तर्गतको रु एक करोड १० लाखको लागतमा उक्त वस्ती निर्माण हुने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण