नेपाल र कुवेतको दोस्रो खेल आज
काठमाडौं - कुवेत भ्रमणमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले आज (सोमबार) दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । पहिलो खेलमा गोलरहित बराबरी नतिजा निकालेकाे नेपालले दोस्रो खेलमा बराबरी
नतिजा निकाल्ने रणनीति बनाएको छ । पहिलो खेलमा नेपालका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट प्रदर्शन गर्दै कुवेतलाई रोकेका थिए । मैत्रीपूर्ण खेल नेपाली समयअनुसार बेलुका ९ः१५ बजे सुरु हुनेछ ।
नेपालका प्रशिक्षक योहान कालिनले कुवेतविरुद्धको दोस्रो खेलमा सुधारिएको प्रदर्शन गर्ने बताए । ‘हाम्रो प्रयास जितका लागि हुनेछ । तर पहिलो खेलको प्रदर्शनलाई निरन्तरता दिनेछौँ । कुवेत हामीविरुद्ध आक्रामक अवस्थामा रहनेछ । हामी उसलाई रोक्ने प्रयास गर्नेछौँ,’ उनले भने ।
नेपालका कप्तान विराज महर्जनले कुवेत तुलनात्कमक रुपमा बलियो देखिए पनि नेपालले मैदानमा आफूलाई कमजोर नबनाउने दाबी गरे । ‘कुवेत हामीभन्दा बलियो छ । तर पहिलो खेलमा उसलाई हामी कम होइनौँ भनेर देखाएका छौं । हामी कुवेतलाई रोक्ने प्रयास गर्नेछौं,’ महर्जनले भने । कुवेत फिफा वरियतामा नेपालभन्दा माथि छ । वरियतामा कुवेत एक ५८ औं स्थानमा छ । नेपाल एक ६१ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण