चाेटका कारण रोनाल्डो बाहिरिएपछि पोर्चुगल बराबरीमा राेकियाे
एजेन्सी - चोटका कारण क्रिस्टियानो रोनाल्डोले बीचमै खेल छाेडेपछि साविक विजेता पोर्चुगल युरो कप छनोटमा सर्बियासँग १–१ गोलको बराबरीमा रोकिएको छ । समूह ‘बी’अन्तर्गत सोमबार राति भएको खेलमा रोनाल्डोले चोटका कारण ३१ औं मिनेटमा मैदान छाडेका थिए ।
दौडने क्रममा एक्कासी ह्यामस्ट्रिङ समस्या आएपछि राेनाल्डाेले मैदान छाडेका थिए । उनले केही समय खेल्न नसक्ने बताएका छन् । नौ महिनापछि राष्ट्रिय टोलीमा फर्किएका उनी युक्रेनविरुद्ध भएको खेलमा पूरै समय खेलेका थिए । उक्त खेलमा पोर्चुगल गोलरहित बराबरीमा रोकिएको थियो ।
पोर्चुगलको घरेलु मैदानमा भएको खेलमा सर्वियाले सातौं मिनेटमा पेनाल्टीमार्फत गोल गरी अग्रता लिएको थियो । सर्बियाका डुसान डाटिकले गोल गरे । त्यसपछि पोर्चुगलले ४२ औं मिनेटमा बराबरी गोल फर्काएको थियो ।
पोर्चुगलका लागि डानिलो परेराले गोल गरेका थिए । दुई खेलबाट दुई अंक बनाएको पोर्चुगल समूहको तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको युक्रेनको चार अंक छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण