मैत्रीपूर्ण खेलमा अर्जेन्टिना र ब्राजिल विजयी
एजेन्सी - विश्व फुटबलका चर्चित देश अर्जेन्टिना र ब्राजिलले मैत्रीपूर्ण खेलमा विजयी भएका छन् । मंगलबार राति भएको खेलमा अर्जेन्टिनाले लियोनल मेस्सीबिनै मोरोक्कोलाई १–० गोलले हरायो । अर्को खेलमा ब्राजिलले चेक रिपब्लिकलाई ३–१ गोलले स्तब्ध बनायो ।
मोरोक्कोको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिनालाई जिताउन एन्जल कोरेराले खेलको अन्तिम समयमा गोल गरेका थिए । ८३ औं मिनेटमा वैकल्पिक खेलाडी कोरेराले गरेको गोल टोलीको जितमा प्रयाप्त बन्यो । उनी ६२ औं मिनेटमा रोड्रिगो डि पउलको स्थानमा मैदान छिरेका थिए । नौ महिनापछि टोलीमा फर्किएका मेस्सी भेनेजुएलाविरुद्धको अघिल्लो खेलमा खेलेका थिए । उनी घाइते भएकाले मोरोक्कोविरुद्ध खेल्न सकेनन् । भेनेजुएलाविरुद्धको खेलमा अर्जेन्टिना ३–१ गेलले पराजित भएको थियो ।
यसैगरी ब्राजिलको जितमा ग्याब्रियल जिससले दुई तथा रोबर्टो फिर्मिन्होले एक गोल गरे । खेलमा सुरुवाती अग्रता घरेलु टोली चेक रिपब्लिकले लिएको थियो । ३७ औं मिनेटमा डेबिड पाभेल्कले गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । पहिलो हाफमा पछि परेको ब्राजील दोस्रो हाफमा आक्रामक देखिएको थियो । ब्राजिलका रोबर्टो फिर्मिन्होले ४९ औ मिनेटमा बराबरी गोल फर्काए । त्यसपछि ग्याब्रियल जिससले ८३ औं र ९० औं मिनेटमा दुई गोल गर्दै ब्राजिललाई सजिलै जिताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण