बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लिचेस्टाईनकाे पाेस्टमा इटालीले गर्याे गोल वर्षा

बुधबार, १३ चैत २०७५, ०८ : ४८
बुधबार, १३ चैत २०७५

एजेन्सी - युरो कप छनोट खेलमा इटालीले लिचेस्टाईनमाथि गोल वर्षा गरेको छ । समूह ‘जे’अन्तर्गत मंगलबार राति भएको खेलमा इटालीले लिचेस्टाईनलाई ६–० गोलले हरायो । पहिलो हाफमै चार गोल गरेको ईटालीले दोस्रो हाफमा दुई गोल थपेको थियो । 

लिचेस्टाईन पहिलो हाफमै १० खेलाडीमा समेटिएको थियो । इन्जुरी समयमा ड्यानियल काँफम्यान रातो कार्ड खादै मैदान बाहिरिएका थिए । इटालीका लागि स्टेफानो सेन्सीले १७ औं मिनेटमा खाता खोले । मार्को भेराट्टीले ३२ औँ मिनेटमा गोलगर्दै इटालीको अग्रता दोब्बर बनाए । फाबियो क्वागलियरलाले ३५ औँ र पहिलो हाफको इन्जुर समयमा पेनाल्टीमा अर्को गोल गरे । 

त्यसपछि मोइज केनले ६९ औं लियोनार्दो पाभोलेटीले ७६ औं मिनेटमा गोल गर्दै इटालीलाई फराकिलो जित दिलाए । समूहमा दुई जित हात पारेको इटालीले ६ अंक बनाएको छ । सोही समूहको अर्को खेलमा फिनल्याण्डले अर्मेनियालाई २–० गोलले हरायो । ग्रीस र बोस्निया एण्ड हर्जगोभिनाले २–२ गोलको बराबरी खेल्दै अंक बाँडे । यसैगरी मंगलबार राति नै भएको समूह ‘डी’को खेलमा आयरल्यान्डले जर्जियालाई १–० गोलले पराजित गरेको छ । डेनमार्क र स्वीट्जरल्यान्डले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप