नासाले ६० दिनसम्म सुतेबापत् २४ जनालाई २१ लाख रुपैयाँ दिने
यदि आनन्दले सुतेर टिभी÷फिल्म हेर्ने, भिडियो गेम खेल्ने, पढ्न पाउने जागिर भेटियो भने को खुसी नहोला ? नासा र युरोपियन स्पेस एजेन्सी (एएसए) शून्य गुरुत्वाकर्षणको परीक्षणका लागि यस्तै २४ जनाको खोजीमा छ । यो परीक्षण ६० दिनसम्म चल्नेछ । यसका लागि प्रत्येकले तलब पनि पाउनेछन् ।
जर्मनीमा हुनेछ यो परीक्ष
यो परीक्षण जर्मनीमा गरिनेछ । यसमा २४ स्वयंसेवकको आवश्यकता छ जो १२–१२ को समूहमा हुनेछन् । सबैले ६० दिन ओछ्यानमा नै बिताउनेछन् । यतिबेला स्वयंसेवकको टाउको हल्का तल र खुट्टा माथि हुनेछ । यसले रक्तसंचारमा कमी आउनेछ ।
लामो समयसम्म अन्तरिक्षमा बसेपछि अन्तरिक्षयात्रीका मांशपेशीमा असामान्य परिवर्तन आउन थाल्छ । नासा र इएसए शून्य गुरुत्वकर्षणमा शरीरमा कस्ता परिवर्तन आउँछ भनेर थाहा पाउन चाहन्छ ।
वैज्ञानिकले दोस्रो राउन्डका लागि १२ स्वयंसेवकलाई लिनेछन् । यतिबेला उनीहरु टिभी, फिल्म हेर्न सक्छन्, गेम खेल्न सक्छन् र किताब पढ्न सक्छन् । यसका लागि नासाको समूहले प्रत्येक व्यक्तिलाई १९ हजार डलर अर्थात् २१ लाख रुपैयाँ दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
५ प्रतिक्रिया
भर्खरै
-
नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ: परराष्ट्रमन्त्री
-
कृषि, वन तथा वातावरण मन्त्रालयलाई करिब दुई अर्बको अनुदान
-
तारा लाल धरेललाई ‘कर्पोरेट फर्निचर इन्डष्ट्री एक्सिलेन्स’ अवार्ड
-
दक्षिण अफ्रिकी खेलाडी म्बाथा निलम्बित, दक्षिण कोरियाविरुद्धको खेल गुमाउने
-
२९ व्यक्ति तथा संस्थालाई कर्पोरेट बिजनेस अवार्ड प्रदान
-
मोबाइलको एक क्लिकमै भारतबाट नेपाल पैसा पठाउन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण