उपाधिकाे दौडमा बार्यनकाे बराबरी नतिजा
एजेन्सी - उपाधिकाे दौडमा रहेका बोरुसिया डर्टमन्ड र बार्यन म्युनिखमध्ये डर्टमन्डले जित हात पार्दा बार्यन बराबरीमा रोकिएको छ । शनिबार राति भएको खेलमा डर्टमन्डले उल्सबर्गलाई २–० गोलले हराउँदै जित निकालेकाे हाे । यस्तै, बार्यन फ्रेइबर्गसँग १–१ गोलको बराबरीमा रोकिएकाे थियो ।
जितसँगै डर्टमन्ड जर्मन बुन्डेस लिगाको शीर्ष स्थानमा उक्लिएको छ । बराबरीपछि बार्यन दोस्रो स्थानमा झरेको छ । डर्टमन्डले २७ खेलबाट ६३ अंक बनाउँदा बार्यनको ६१ अंक छ ।
प्रतिस्पर्धात्मक खेलमा डर्टमन्डले दुई वटै गोल खेलको अन्तिम समयमा गरेको थियो । डर्टमन्डका लागि ९० औं मिनेटमा पाको अल्कासेरले पहिलो गोल गरे । इन्जुरी समयमा अल्कासेरले दोस्रो गोल गर्दै टोलीको जित सहज बनाए ।
यसैगरी, अर्को खेलमा फ्रेइबर्गका लागि खेलको तेस्रो मिनेटमा लुकास होलरले गोल गरेका थिए । बार्यनका रोवर्ट लेवान्डोस्कीले २२ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए । त्यसपछि बाँकी समय दुवै टोलीले गोल गर्न सकेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण