महानिरीक्षक खनालबाट प्रहरी उपरीक्षकमा पदोन्नती भएकाहरुलाई दर्ज्यानी चिन्ह प्रदान
सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षकमा पदोन्नती भएका अधिकृतहरुलाई चैत्र १७ गते सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
नेपाल सरकार सचिवस्तरको यही चैत्र १५ गतेको निर्णयले उनीहरु पदोन्नती भएका हुन् ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले त्यसअवसरमा कार्यक्षेत्रमा प्रदर्शन गरेको व्यावसायीकता तथा कार्यदक्षता लगाएत पेशागत जिम्मेवारी निर्वाहमा पु¥याएको योगदानको समेत मूल्यांकन गर्दै पदोन्नती गरिएको चर्चा गर्नुहुँदै आगामी दिनहरुमा समेत उत्कृष्ट कार्यसम्पादनमा कृयाशिल रहन निर्देशन दिए ।
उनले सकल दर्जाका राष्ट्रसेवक सशस्त्र प्रहरी कर्मचारीहरु आ–आफ्नो तहबाट पूर्णरुपमा व्यावसायीक भई जिम्मेवारी निर्वाहमा सधै तल्लीन रहनुपर्ने बताउँँदै सकारात्मक सोचका साथ अगाडी बढेमा सफलता प्राप्त हुन सघाउ पुग्ने उल्लेख गरे ।
सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी अधिकृतहरुले राष्ट्र र संगठनबाट प्राप्त जिम्मेवारीहरुलाई कुशलतापूर्वक सम्पन्न गर्दै फौजी अनुशासनमा रहेर नागरिकको सेवा, सुरक्षा तथा सहयोग र आपद विपद्मा उद्धार कार्यमा सामूहिक भावनाका साथ तल्लीन रहनुपर्ने बताए ।
कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु पुष्पराम के.सी., नारायणबावु थापा र रामशरण पौडेल लगायत बरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण