एम्बाप्पे नायक बन्दा पीएसजीको जित
सोमबार, १८ चैत २०७५, ०८ : ४०
एजेन्सी - युवा स्ट्राइकर केलियन एम्बाप्पेले निर्णायक गोलले पेरिस सेन्ट जर्मन (पीएसजी) फ्रेन्च लिग फुटबलमा जित हात पारेको छ । शीर्ष टोली पीएसजीले आइतबार राति भएको खेलमा टोउलुसेलाई घरेलु मैदानमा १–० गोलले पराजित गरेकाे हाे ।
प्रतिस्पर्धात्मक खेलमा पीएसजीलाई जित निकाल्न ७४ औं मिनेटसम्म कुर्नु परेको थियो । पीएसजीका लागि एक मात्र गाेल एम्बाप्पेले गोल गरे । खेलको अन्तिमसम्म थप गोल गर्ने पीएसजीको प्रयासमा टोउलुसेको रक्षापंक्ति बाधक बनेको थियो ।
जितसँगै पीएसजीले २९ खेलबाट ८० अंक बनाएको छ । पीएसजी दोस्रो स्थानमा रहेको लिलेभन्दा २० अंकले अगाडि छ । ३२ अंक बनाएको टोउलुसे १४ औं स्थानमा छ । आइतबार राति नै भएको अर्को खेलमा लिलेले नान्टेसलाई उसैको मैदानमा ३–२ गोलले हरायो । जितसँगै लिलेले ६० अंक बनाएको छ । नान्टेस ३१ अंकसहित १५ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण