काठमाडौँ आउँदै गरेको बसमा चेकजाँच गर्दा भेटियो २० लाख
रौतहटबाट काठमाडौँ आएको यात्रुवाहक बसलाई चेकजाँच गर्ने क्रममा स्रोत नखुलेको २० लाख रुपैयाँ फेला परेको छ ।
ना ५ ख २२३३ नम्बरको बसलाई गत शनिबार बिहान ७ बजे नागढुङ्गामा चेकजाँच गर्ने क्रममा रौतहटको राजदेवि नगरपालिका वडा नम्बर ७ घर भएका २३ वर्षीय मनोज यादव भन्ने रुबोध कुमार यादवको साथबाट सो रकम फेला परेको हो ।
यादवले भोटो बनाएर वरिपरी खल्तीहरु बनाएर आफ्नो शरीरमा लगाई त्यसको खल्तीमा १ हजारको दरका २ हजार थान नगद लुकाएर ल्याएका थिए ।
उक्त रकमको स्रोत नखुलेको कारण यादवलाई पक्राउ गरी महानगरीय प्रहरी वृत्त थानकोटबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै सोही दिन भैरहवाबाट काठमाडौँ आउँदै गरेको लु १ ख ९२४२ नम्बरको बसमा चेकजाँच गर्दा लागुऔषधसहित झापाका २४ वर्षीय समिर अधिकारी पक्राउ परेका छन् ।
अधिकारीले झोला भित्र लुकाई छिपाई लिई आएको लागु औषध डाईजेपाम १४७ एम्पल, फेनारगन १४५ एम्पल र नुफिन १४६ एम्पल फेला परेको हो ।
उनलाई नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त थानकोटवाट अनुसन्धान भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र अर्जेन्टिनाबिचको विश्वकप सेमिफाइनलको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
फिफा विश्वकप सेमिफाइनलः इङ्ग्ल्यान्ड र अर्जेन्टिनाबिचको बहुप्रतीक्षित महाभिडन्त सुरु
-
टीकापुर अस्पताल कुटपिट घटना: उपसमितिको निष्कर्ष– व्यक्तिगत मनमुटाब, अनुसन्धान जारी
-
२४ वर्षपछि इङ्गल्यान्ड र अर्जेन्टिना आमनेसामने हुँदै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: नेपालको सुरक्षा खर्चमा वृद्धि, विदेशी विश्वविद्यालयबाट डिग्री लिएका ११४ समकक्षता खारेज
-
इंग्ल्याण्डविरुद्ध किन नीलो जर्सीमा मैदान उत्रिँदैछ अर्जेन्टिना ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण