बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

खानेपानी विभागले पठायो हावाहुरी प्रभावित क्षेत्रमा वाटर एम्बुलेन्स

सोमबार, १८ चैत २०७५, १५ : २२
सोमबार, १८ चैत २०७५

बारा र पर्सामा आएको आएको विनाशकारी हावाहुरी आँधी प्रभावित क्षेत्रमा पिउने पानी शुद्धीकरणका लागि खानेपानी तथा ढल व्यवस्थापन विभागले पानी परीक्षण घुम्ती सेवा अर्थात् पानी (वाटर) एम्बुलेन्स पठाएको छ ।

हावाहुरी आँधीले क्षति पुर्याएको बस्तीमा पानीका कारण रोगव्याधिको प्रकोप फैलिन नदिन विभागले पानी शुद्धीकरण गर्ने आधुनिक उपकरण सहितको वाटर एम्बुलेन्स त्यसतर्फ पठाएको हो ।

पानी शुद्धीकरण गर्ने पियुष, एक्वा ट्याब र ब्लिचिङ पाउडर लगायतका सामाग्रीहरु बोकेर विभाग र खानेपानी डिभिजन कार्यालय ईटहरीबाट वाटर एम्बुलेन्स प्रभावित क्षेत्रमा गएको छ ।

फोहोरपानीलाई शुद्धीकरण गरी पिउन योग्य बनाउनका लागि वाटर एम्बुलेन्समा प्रविधि जडान गरिएको छ ।

पानी परीक्षण विशेषज्ञ किशोर पाण्डेको नेतृत्वमा टोली हावाहुरी प्रभावित क्षेत्रमा गएको छ ।

पानीका कारण रोगव्याधि फैलिने सम्भावना बढी हुने हुँदा सबै किसिमका उपायहरु अपनाइने विशेषज्ञ पाण्डेले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप