बिहीबार, ३२ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

‘मुन्द्रेको कमेडी क्लब’मा सलिनमान र मलिका

मङ्गलबार, १९ चैत २०७५, ११ : ०८
मङ्गलबार, १९ चैत २०७५

फिल्म प्रचारका लागि कलाकार तथा चलचित्रकर्मी पछिल्लो समय सानोपर्दामा पनि छाउन थालेका छन् ।

यस्तैमा आउँदो २९ चैत्रबाट प्रदर्शनमा आउने ‘यात्रा स् अ म्युजिकल भ्लग’का कलाकार फिल्म प्रचारका लागि ‘मुन्द्रेको कमेडी क्लब’मा पुगेका छन् ।

शोमा अभिनेता सलिनमान बनिया, सलोन बस्नेत र अभिनेत्री मलिका महत पुगेका हुन् ।

कलाकारले कार्यक्रममा फिल्मको जानकारी गराउनुका साथै आफ्नो फिटनेस र फेशनको राज समेत खोलेका थिए । नेपाल टेलिभिजन पैसारणमा आउने यो कार्यक्रम दर्शकमाँझ लोकप्रिय छ । यात्रा युनिट सहभागी कार्यक्रम आगामी शुक्रबार प्रसारणमा आउनेछ ।

सम्राट शाक्यको डेब्यु निर्देशन रहेको फिल्ममा सलिन, सलोन र मलिकासँगै जान्वी बस्नेत, जयनन्द लामा, रेअर राई, प्रेक्षा बज्राचार्य, धिरेन शाक्य, राजाराम पौडेल, विशाल कटवाल, समृद्धि राई, योगेश जंग कुँवर, नानीकाजी डंगोल, राजेश बिसुराल, देशभक्त खनाल, कमल मैनाली, सौगात शर्मा लगायतको अभिनय रहेको छ ।

यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहेकोछ । फिल्ममा बालकलाकार अंकित संग्रौला र एन्जल राई पनि छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड, क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको फिल्ममा बिक्रम पराजुली, मुक्ति तिम्सिना र राम शरण घिमिरे सह-निर्माता रहेका छन्

। फिल्मका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप